सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 31, 2020
कोरोना संक्रमण नियन्त्रणका लागि प्रत्यक्ष खटिने प्रहरीलाई ५० प्रतिशत भत्ता दिने तयारी
काठमाण्डौं । चैत्र १८ । गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका लागि प्रत्यक्ष खटिने प्रहरीलार्ई आफुले खाईपाई आएको तलबको ५० प्रतिशत भत्ता दिने तयारी गरेको छ । 
प्रहरी प्रधान कार्यालयले कोरोनाको जोखिममा पनि काम गर्ने प्रहरीलाई प्रोत्साहन स्वरुप भत्ता दिन गृहमन्त्रालयलाई आग्रह गरेपछि गृह मन्त्रालय मार्फत सरकारले भत्ता दिने तयारी थालेको हो। 
नेपाल प्रहरीको कुल दरबन्दीको करिब एकतिहाइ भन्दा बढी करिब ३० हजार जनशक्ति हाल कोरोना संक्रमण नियन्त्रणका लागि प्रत्यक्ष रूपमा फिल्डमा खटिएका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका आइजिपी ठाकुरप्रसाद ज्ञवाली तथा प्रहरी उच्च अधिकारीबीच आइतबार भएको छलफलमा सुरक्षाकर्मीलाई समेत दैनिक भत्ता दिने सहमति भएको छलफलमा सहभागी एक अधिकारीले बताए ।
सरकारले संक्रमणविरुद्ध प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाई सतप्रतिशत तथा उनीहरूलाई सहयोग गर्ने प्राविधिक टोलीलाई तलबको ७५ प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय गरिसकेको छ । प्रहरी मुख्यालय स्रोतका अनुसार भत्ता नपाउँदा सुरक्षाकर्मीको मनोबल घट्ने भन्दै आइजिपी ज्ञवालीले संक्रमण नियन्त्रणमा खटिने प्रहरीका लागि समेत भत्ता उपलब्ध गराउन गृह मन्त्रालयसँग पटक–पटक आग्रह गरेका थिए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video