सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 01, 2020
दुई महिला र तिन पुरुष मृत अवस्थामा भेटीए, कसैको पनि पहिचान खुल्न सकेन
काठमाण्डौं । चैत्र १९ । काठमाण्डौ, सुर्खेत, कास्की र मकवानपुरमा दुई महिला र तिन पुरुष सहित पाँच जना व्यक्ति मृत अवस्थामा भेटीएका छन् । काठमाण्डौंमा एक, सुर्खेतमा दुई, कास्कीमा एक र मकवानपुरमा एक जना मृत अवस्थामा भेटीएका हुन् । मृत भेटीएका चारै जनाको पहिचान खुल्न नसकेको केन्द्रीय प्रहरी समाचार कक्षद्धारा जारी समाचार बुलेटीनमा उल्लेख गरिएको छ । 
काठमाडौं, चन्द्रागिरी नगरपालिका ३ थानकोट सरस्वती स्थानस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला मंगलबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् । 
सुर्खेत, भेरीगंगा नगरपालिका ११ पैसठ्ठीस्थित साज गोठेरी सामुदायिक वनमा हाल नाम, थर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष र हाल नाम, थर, वतन नखुलेकी महिला मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । 
कास्की, रुपा गाउँपालिका ६ किराफोर सामुदायिक बनको बराल खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी महिला मंगलबार दिउँसो  मृत अवस्थामा फेला परेकी छिन् । 
मकवानपुर, हेटौंडा उपमहानगरपालिका ५ क्याम्पडाँडास्थित कर्राको पुलमुनी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मंगलबार साँझ मृत अवस्थामा फेला परेका छन् । 
मृत फेला परेका व्यक्तिहरुको पहिचानको लागि आवश्यक पहल गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षद्धारा जारी समाचार बुलेटीनमा उल्लेख छ ।
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video