प्रमुख समाचार
Apr 07, 2020
राहत वितरणको विषयलाई लिएर दुईपक्षबीच झडप हुदा वडा अध्यक्ष सहित ८ जना घाइते
राजेन्द्र महतो लहान  चैत २५ गते। / सिरहाको मिर्चैया नगर पालिका -२ मल्हनिया मा राहत वितरणको विषयलाई लिएर दुई पक्षबीच झडप हुदा वडा अध्यक्ष सहित करिब ८ जना  घाइते भएका छन्। भएको छ ।
 सोमबार मिर्चैया नगरपालिकाको वडा नम्बर– २ मल्हनीयाँमा मेयर श्रवण यादव पक्ष र तत्कालिन एमाले पक्ष अमोद यादव  बीच झडप हुदा ८ जना घाइते  भएको हो।
घाईते हुनेमा तत्कालिन एमालेका अमोद यादव सहित सोही पक्ष का  ४ जना , यस्तै, वडा २ का वडाध्यक्ष लक्ष्मेश्वर कापरसहित त्यस पक्षका दुईजना घाइते  भएका छ्न। 
घाइते मध्ये ६ जनाको मिर्चैयास्थित एक अस्पतालमा उपचार भइरहेको छ भने २ जना बिराटनगर रिफर भएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित वडा २ र ३ का दलित परिवारहरुले केहि दिनअघि अमोद यादवले राहत वितरण गर्न लागेपछि मेयरले जानकारी पाएपछि रोकेका थिए । दुवै पछ विच आईतवार समान्य विवादको रुप लियो तर मेयर पक्षले त्यहाँबाट गए सकेपछि प्रदेश सांसद दिलीप साह, तत्कालिन एमालेबाट मेयरका प्रत्यासी प्रदीप महासेठ र आमोद लगायतका राहत राहत वितरण गरेको थियो ।
सोमबार मेयर यादव र वडाध्यक्षसहितको टोली पनि त्यहाँ राहत वितरण गर्न जाँदा दुबै पक्षबीच विवाद भएपछि दोहरो झडपमा भएको हो ।
यता, घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवारले सामान्य झडप भएको बताएका छ्न।
मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादवसँग सम्पर्क गर्न खोज्दा मोबाईलमा फोन जाँदा पनि सम्पर्क हुन सकेन । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video