महराद्वारा उच्च अदालतमा निवेदन दर्ता  |  अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक प्रयास थालिएको छ : प्रम  |  आज मिति २०७६ मंसिर ६ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन  |  दोस्रो आन्तरिक पर्यटन मेला (डीटीएम २०२०) आउँदो फाल्गुन ९ र १० गते भृकुटीमण्डपमा हुँदै  |  कूटनीतिक नियोगका प्रतिनिधिलाई उपनिर्वाचनको अवलोकन गर्न आह्वान  |  नेप्से ओरालै लयमा  |  श्रमजीवीको पक्षमा लडिरहनेछु : विष्ट  |  राइड थ्रु सिन्धुलीगढीको तयारी पूरा, २०४ जना सहभागी हुने, पर्यटनमन्त्रीले उद्घाटन गर्ने  |  ‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी
विचार/अन्तरवार्ता
Jul 14, 2017
वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउन विधान परिवर्तन आवश्यक
 चार दशकदेखि जर्मनीमा बसेर नेपालको विकास तथा दुई देशबीच व्यापार प्रवद्र्धनमा पुलको काम गरिरहेका रामप्रताप थापाले आफ्नो जीवनको उत्तराद्र्धमा गैरआवासीय नेपाली तथा नेपालको विकासमा लागिपरेका छन् । गैरआवासीय नेपाली संघको आदर्श र लक्ष्यप्रति सधंै निष्ठावान् एक्लो पात्र बनेर उभिएका थापा जर्मनीबाट फाइनान्स मार्केटिङ र बिजनेस एडमिनिस्ट्रेडको अध्ययन पूरा गरी त्यहाँको बैंकमा लामो समय काम गरेर हालै सेवानिवृत्त भएका हुन् । थापा गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि नै सक्रिय रही हाल पूर्व प्रमुख संरक्षकका रूपमा योगदान गरिरहेका छन् । जर्मनी–नेपाल मैत्री संघमा पछिल्लो १८ वर्षदेखि अध्यक्षका रूपमा समेत सक्रिय रहेका थापासँग गैरआवासीय नेपाली संघको समग्र अवस्थाबारे सम्पादक कुबेर चालिसे तथा कारोबारकर्मी गोपाल संग्रौलाले गरेको कुराकानी 

स्थापनाकालदेखि हालसम्म आइपुग्दा गैरआवासीय नेपाली संघको विकास प्रक्रिया कस्तो रह्यो ?
पहिलेभन्दा अहिले धेरै परिर्वतन भइसकेको छ । त्यस बेला गैरआवासीय नेपाली संघको स्थापना एउटा अभियानका रूपमा सुरु भएको थियो । पहिलो तथा संस्थापक अध्यक्षपछि म देवमान हिराचनसँग संयुक्त रूपमा चुनावमा उठें । त्यस बेलासम्म हामीले गैरआवासीय नेपाली संघलाई अभियानकै रूपमा अगाडि बढाएर लागिरहेका थियौं जस्तो लागेको थियो । त्यस बेलासम्म हामीमा गैरआवासीय नेपाली संघलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्छ भन्ने थियो । तर, त्यसपछि भने संस्थागत रूपमा लानुपर्छ भन्ने विचार थियो ।सञ्चारकर्मीकै सहयोग सुझावले अभियानमा सञ्चालन भइरहेको गैरआवासीय नेपाली संघलाई संस्थागत रूपमा लैजाने कुरा उठाउन थालियो । अभियानबाट संस्थागतमा लैजान परिपक्व बेला भयो भन्ने सोचेका थियौं । हामी त्यो बेला जे राम्रो निर्णय गर्छौं त्यही ठीक हो भनेर सबैले सर्मथन गर्ने गरेकाले परिपक्वता भयो भनेर सोचेका थियांै । त्यस बेला संस्थामा यति सहकार्य र मेलमिलाप थियो कि कसैले कुनै राम्रो प्रस्ताव गर्यो भने कसैले आफ्नो व्यक्तिगत स्वार्थ नमिले पनि हुन्छ भन्ने अवस्था थियो । उदाहरणका लागि उपेन्द्र महतोजीले केही भन्नुभयो भने कसैले विरोध नै गर्दैनथे । त्यस बेलासम्म गैरआवासीय नेपाली संघ राम्रोसँग सञ्चालन भइरहेको थियो । जब हामीले चुनावमा एउटा मात्र चुन्ने भन्ने कुरा आयो, त्यसपछि कहाँबाट दुरावस्था आयो । एक मात्र चुन्ने भन्ने विषयमा सहमति आएपछि संस्थामा दूरवस्था आएजस्तो लाग्छ । यो निर्णयपछि अध्यक्षमा प्रतिद्वन्द्वीको अवस्था सिर्जना भयो । यसकारण गैरआवासीय नेपाली संघजस्तो संस्थामा अध्यक्ष पदमा प्रतिस्पर्धा आउन दिनु हँुदैन भन्ने मेरो विचार हो ।
यस्तो परिस्थिति सिर्जना हुन दिनुमा तपाईंहरूको पनि हात छ भनिन्छ नि ?
हामी पनि चुकेका छौं । हामी कुनै व्यावसायिक व्यक्ति होइनौं । त्यस बेलासम्म जुन सौहार्दपूर्ण वातावरण थियो, त्यो नभएको हुनाले अहिले हामी चुकेका हौं । पछि जुन संरचना आयो त्यो बुझ्नेबित्तिकै परिवर्तन गर्नुपर्ने थियो । अहिले आएर पनि म भन्छु, सबैले त्यस बेला गल्ती गरेका छौं ।
त्यसो हो भने यसलाई कसरी सुधार गर्ने त ?
गैरआवासीय नेपाली संघ १३र१४ वर्ष लागिसक्यो । यो मात्र होइन, हामी केही कुरामा चुकेका छौं । हाम्रो आर्थिक रूपमा पनि गल्ती भएको छ । लिडरसिप चुन्ने शैलीमा पनि हाम्रो गल्ती छ । कसरी गल्ती छ भने रोटेसन वा अन्य कुनै विकल्पलाई ल्याउन सकिन्छ । वरिष्ठ उपाध्यक्ष वा अन्य पाँचवटा पदलाई क्रमशः राख्न सकिन्छ । काम सिकेका मान्छे गैरआवासीय नेपाली संघमा चाहिन्छ भन्ने मान्यताको विकास गर्नुपर्छ । हुन त संस्था ठूलो भयो भने समस्या आउँछ । कुनै पनि संस्था धेरै ठूलो भएपछि त्यसमा स्वार्थ धेरै आउँछन् । यसलाई रोक्न हामी सफल भएनौं । अब अर्थपट्टिको कुरा गर्दा जसरी युरोपियन युनियनमा गल्ती भएर आज समस्या भोगिरहेका छौं, गैरआवासीय नेपाली संघमा पनि त्यस्तै हुन लागेको छ । सुरुमा हामीले एनआरएनएलाई एनजीओ र कोष बनाऊँ भनेका थियौं । आफ्नो करोडौंको कोष खडा गरेर दिगोपन दिऊँ भन्यौं, तर सफल हुन सकिएन । आर्थिक दिगोपन दिनुपर्ने कुरा पनि भएन । त्यस बेला एनजीओ खडा गरेर त्यसको फन्डबाट पैसा दिऊँ भनेका थियौं । यो प्रस्ताव गर्दा कसैले पनि मानेन । यो प्रस्ताव पास नहुँदा त्यस बेला उपेन्द्रजी धेरै दुःखी हुनुभयो । गैरआवासीय नेपाली संघको नेतृत्वमा उपेन्द्रजीजस्तो १० वर्षअगाडि हेर्न सक्ने मान्छे नै छैन । तर, त्यस बेला नै उहाँले बाध्य भएर फन्डमा २५ हजार डलर उठाउनुभएको थियो । त्यो कोष नियमित होला भन्ने सोचेको थिएँ, तर पछि गएर हरायो । 
हाल विभिन्न फोरममा धेरै कुरा उठेका छन्, गैरआवासीय नेपाली संघ सामाजिक संस्था हो पनि भन्छन्, यो लगानीकर्ताको समूह हो पनि भन्छन् । वास्तवमा गैरआवासीय नेपाली संघ कस्तो संस्था हो ?
हामी देशको अवस्थाअनुसार सुरुदेखि नै लगानीकर्ता हुन सकेनौं । २० आंै वर्षअघि युनिडो, युएनजस्ता ठूला विदेशी संस्था आएर आएर नेपालमा इन्भेस्ट गरे, तर सफल हुन सकेनन् । यसको तुलनामा त हामी ड्यापोराहरूले यो देशको उन्नति गर्ने भनेर आएको हो । देश, सरकार र सबैले हामीलाई स्वीकार त गरे, तर हामीले त्यसमा सोचेजस्तो केही दिन सकेनौं । त्यस बेला केही गर्ने वातावरण थियो तर क्षमताले भ्याएन । त्यस बेला एनआरएनएमा तीन–चार जना मात्र लगानी गर्न सक्ने क्षमता भएका मान्छे थिए । अर्को कुरा पहिला हामी बढि फिलानथ्रोपिक संस्था भएर आयौं । हामीलाई दुईवटा कुरा चाहिन्थ्यो, एक एनआरएनएको आर्थिक सपोर्ट संस्था चाहिन्थ्यो । संस्थागत बनाउन समितिका रूपमा कार्यालय लिएर जानुपर्छ । सुरुका दुई कार्यकाल काम गर्दा गर्दै  त्यत्तिकै गयो । एनआरएनएका साथीहरूले जुन भद्र सहमति गरेका थिए, पछि पद पाएर बिर्सिंदै गए । आईसीसीको बैठकपछि संस्थाको एकताकोलागी देवमानजीलाई अध्यक्ष पद दिइएको थियो । त्यस बेला देवमानजीको समय सकिएपछि म बन्नुपर्छ भन्ने सम्झौता भएको थियो । तर, पछि दुबई सम्मेलनमा त्यो कुरा उठाउँदा देवमानजीले सहयोग गर्नुभएन । मैले काम गर्न भ्याएको छैन, म दिन सक्दिनँ भन्नुभयो ।
संस्थाको एकताका लागि तपार्इंले जुन त्याग गर्नुभयो त्यसलाई कसैले नबुझेका हुन् त ?
अरूको कुरा म भन्न सक्दिनँ, तर मेरो कुरा देवमानजीले वचन राख्न सक्नुभएन । दोस्रो पटक लड्नु भयो, त्यसको विरुद्धमा जीवाजी पनि लड्नुभयो । त्यसैले देवमानजीले छाड्नुपर्यो । हामीले अब यहाँ देखिएका समस्या सुल्झाउनुपर्छ । संस्थामा विवाद नल्याउन वरिष्ठ उपाध्यक्षको पद ल्याइयो भने बाहिरबाट बीचमा बस्ने बाटो हुँदैन । यसरी पर्यो भने अहिले जो उपाध्यक्ष छ, त्यसले त्यो पद पाउँछ । संस्थामा कुनै पनि प्रकारको आचारसंहिता चाहिने रहेछ । चुनाव डेमोक्रेटिक प्रक्रिया भए पनि कन्ट्रोल्ड डेमोक्रेसी त बनाउन सकिन्छ नि । सबै अध्यक्ष हुन सक्दैनन्, मेरो भोट आउने भो भनेर सबै भिड्नेतिर मात्र जानु हँुदैन । 
तपाईंको विचारमा तपाईंको सपना र त्यागको अर्थ बुझ्न सक्ने अबको एनआरएनएको अध्यक्षको को हुन सक्छ ?
अब व्यक्तिको नाम भन्न गाह्रो हुन्छ । अहिलेसम्म चाहिँ बाहिरबाट हेर्दा भवन भट्ट र कुमार पन्त अध्यक्ष उठ्ने देखिन्छ । यसको मतलब अरू आउनु हुन्न भनेको होइन । तर, सिस्टमभित्रबाटै आउनुपर्छ भन्ने हो । को आउने भन्ने कुरा दुई–चार वर्ष अगाडिबाटै देखिन्छ ।मन्त्रालयमा पनि त चार वर्षपछि यो सचिव हुन्छ भन्ने थाहा भइहाल्छ । त्यस्तै यहाँ पनि अनुमान गर्न सकिन्छ । कसैले नेतृत्व सम्हाल्छु भन्नु खराब कुरा होइन । सिस्टमभित्रबाट आयो भने कसैले विरोध गर्दैन । यसैले अर्कैको अनावश्यक दबाब नआओस् भनेर दुई जना बसेका छन् । बरु दुई जना कसरी अगाडि जाने भन्ने समस्या आउन सक्छ । दुवै जनाले एनआरएनएमा अपनत्व भाव देखाएका छन् । तर, के भने भवन भट्टले दुई पटक पद खाइसक्नुभयो । यही पदमा लागि भवनजीलाई कुनै स्पेस छैन । उहाँलाई स्पेस दिन अगाडि बढाउनुपर्यो वा तेस्रो पटक पनि उपाध्यक्ष दिऊँ भन्नुपर्यो । यो मिलाउने काम हामीभित्रबाटै हुनुपर्छ भन्ने हो । हामीले संस्थागत बढी ध्यान दिने कि व्यक्तिगत रूपमा भन्ने कुरा आउँछ । इगोका रूपमा भन्नुपर्यो भने कि त कुमार पन्त नै चाहिन्छ, कि त भवन भट्ट भन्नुपर्यो । सिनियारिटीका रूपमा हो भने त्यसरी नै भन्नुपर्यो । तेस्रो प्राथमिकताका रूपमा भन्न सक्नुपर्यो कि सदाका लागि यो खराब बाटो बन्द गर्नुपर्यो । विधान परिवर्तन गरेर वरिष्ठको प्रावधान ल्याऊँ र त्यही अनुसार जाऊँ भन्ने हो । वरिष्ठताका आधारमा जाने हो भने यहाँ काम गरिरहेकालाई नै सम्मान गरौं  मेरो अनुभवमा पनि संस्थामा फुट नहोस् भनेर मैले दोस्रो कार्यकाल देवमानजीलाई दिएको हुँ । सरकारले यो संस्था यसरी बनाएको छ कि कुनै पनि बेला एनआरएनए ५ देखि १० वटासम्म हुन सक्छ । यो संस्था पनि पूरा डेमोक्रेटिक सिस्टमबाट आएको छ । नेपालमा १० वटा पार्टी भएजस्तै कुनै पनि बेला गैरआवासीय नेपाली संघ पनि १० वटा हुन सक्छ । 
समय छोटो छ, विधान संशोधन गर्न सम्भव छ त ?
विधान संशोधन गर्न सम्भव छ । विधान आईसीसी समितिमा राख्नुपर्छ । जस्तो केही समयपछि युरोपमा हुने मिटिङ पास गरेर बाँकी काम यहाँ पनि गर्न सकिन्छ । त्यहाँ जति सहमति हुन्छ, नभएको यहाँ आएर केही दिनभित्र पास गराउने भनेर भन्न सकिन्छ । तर, छोटो समयमा हुँदैन भनेर बुझक्कडहरू आउँछन्, त्यसमा बोल्न सक्नुपर्छ ।एउटा बुझक्कडले विधान संशोधन गर्नु हँुदैन भन्यो र अर्कोले हो नि भनेर समर्थन ग¥यो भने त्यो बेबकुफी हो । संस्था बिग्रने अवस्था आए हालको अध्यक्षले विशेष परिस्थितिमा एक वर्ष बढाउन पाइन्छ भन्ने उल्लेख छ । यसलाई संस्थागत गुण भनिन्छ । हामी सबै मिलेर ग¥यौं भने गैरआवासीय नेपाली संघभित्र जे पनि निर्णय गर्न सकिन्छ । तर, यसलाई व्यक्तिको अनुकूल दुरुपयोग भने गर्न दिनु हुँदैन ।
चार जना अध्यक्षले एनआरएनएको नेतृत्व लिइसक्नुभयो, कसको कार्यकालमा संस्था बलियो भएको पाउनुहुन्छ ?
म यसको पालामा राम्रो भयो भनेर व्यक्तिगत रूपमा पक्षपात हुने गरी भन्न सक्दिनँ । तर, म केचाहिँ भन्छु भने गैरआवासीय नेपाली संघमा जो आउँछ उसको पनि पोटेन्सियालिटी धेरै हुनुपर्छ । मेरो विचारमा जीवाजी अभैm दुई कार्यकाल पछि हटेर त्यसपछि आएको भए उहाँबाट अझ धेरै पाइन्थ्यो कि भन्ने सोच्दै छु । जीवाजीले राम्रो गरेकै कारण एनआरएनएलाई संस्थागत गर्न तथा सामुहिक लगानी सुरु गर्नु भयो । त्यसपछि आउने शेष घलेजीले पनि राम्रो गर्नुभयो । यसरी नै शेषजीले संस्थाको आर्थिक र अन्य विकासका कामलाई धेरै माथि पु¥याउनुभयो । जति सोच्नुभएको थियो, सबै गर्न नभ्याए पनि विभिन्न अवरोधका कारण पनि धेरै र महत्वपूर्ण काम गर्नुभयो । तर, समस्या के भयो भने यहाँ नयाँ उम्मेदवार आउँदा पनि राजनीतिक पार्टीको झोला बोकेर आउने देखियो । एनआरएनएमा उपेन्द्र महतो राजनीतिक झोला बोकेर आउनेलाई कोठाभित्र आउनै दिनुहुन्नथ्यो । यो विचार उहाँको व्यक्तिभन्दा पनि संस्थाको हितका लागि थियो । गैरआवासीय नेपाली संघमा नै लामो समय योगदान बोकेका भन्दा बाहिरका मानिस आउने क्रम बढिरहेको छ । संस्थाको मर्यादा र उद्देश्य कायम राखिरहन चुनावी व्यवस्था परिवर्तन गरौं भन्दा कति पटक म एक्लै पनि भएको छु ।
यसको अर्थ गैरआवासीय नेपाली संघ संस्थागत हँुदै जाँदा बाहिरी शक्तिको पनि प्रवेश बढ्दै गएको हो ?
हैन, राजनीतिक दलहरूले पनि तपाईंहरूलाई हस्तक्षेप गर्दैनौं भन्ने गरेका छन् । समस्या जहाँ पनि हुन्छ, तर बाहिरबाट आएकालाई रोक्न नियम बनाउनुपर्छ । गैरआवासीय नेपाली संघमा पैसा खाएर पनि भोट हाल्छु भन्नेहरू छन् । यसरी नै विगतमा २० वटा भोट छ, मलाई टिकट देऊ भन्नेहरू पनि थिए । यस्तो अवस्था अहिले पनि आउन सक्दैन भन्न सकिँदैन ।
भनेपछि गैरआवासीय नेपाली संघको चुनावमा पैसाको ठूलो खेल हुन्छ ?
सुरुमा एनआरएनए स्थापनापछिका केही समय पैसाको खेल हुने गरेको थिएन । सबैले संस्थालाई पहिलो प्राथमिकतामा राख्ने गरेका थिए । जुन दिनदेखि प्रतिस्पर्धा हुन थाल्यो त्यो दिनदेखि पैसाको खेल सुरु भयो । मेरो समयमा चुनाव प्रचारप्रसारमा १० लाख खर्च भएको थियो भने अहिले १० करोड रुपैयाँ खर्च हुने देखिन्छ ।
बिनाप्रतिफलको क्षेत्रमा यति ठूलो रकम खर्च गर्नुको कारण के आकर्षण रहेछ ?
खर्च गर्नुको कारण त्यो पदमा गएपछि ग्ल्यामर्स र प्रतिष्ठा पनि भएर हो । गैरआवासीय नेपाली संघको अध्यक्षसँग पावर पनि हुन्छ । कुनै पनि क्षेत्रमा सहज पहुँच भएका कारण पनि यो पदमा जान जसरी पनि पैसा खर्च गर्न चाहन्छन । त्यसबाहेक अन्य पनि छन्, सबैले बुझेकै छ नि १
प्रसंग बदलौं, तपार्इं जर्मनीका लागि नेपालको पहिलो महावाणिज्य दूत हुनुभयो । दुई देशको आर्थिक सम्बन्धका बारेमा केही बताइदिनुहास् न ।
म जर्मनीका लागि नेपाली महावाणिज्यदूत भएर जर्मनी जाँदा विश्वमा नेपालका थोरै मात्र महावाणिज्यदूत थिए ।जर्मनी आर्थिक र अन्य हिसाबले विश्वमै अगाडि रहेको देश हो । नेपाल र जर्मनीको कूटनीतिक सम्बन्ध धेरै पुरानो छ । अर्को वर्ष नेपाल र जर्मनीले आफ्नो कूटनीतिक सम्बन्धको ६० आंै वर्ष मनाउँदै छन् । यस्तो ६० वर्षको सम्बन्धमा २ देशबीच कुनै मनमुटाव भएको छैन । अभैm पनि नेपाल र जर्मनीका जनताबीच नजिकको सम्बन्ध छ । भूकम्पका बेला जर्मनीका जनताले नेपालका जनतालाई गरेको सहयोग उच्च थियो ।
Karobar Daily 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video