अर्थतन्त्र/सेयरबजार
Apr 08, 2020
पुर्नबिमा कम्पनीको सेयर बाँडफाँड, १ लाख ९१ हजार बढीले मागे जति सेयर पाए, यि हुन भाग्यमानी लगानीकर्ता
काठमाण्डौं । चैत्र २६ । नेपाल पुनर्बीमा कम्पनीको आइपीओ आज बाँडफाँट भएको छ । 
कम्पनीको रितपुर्वक सेयर भर्ने आवेदक मध्य १ लाख ९१ हजार ९ सय ९० जना लगानीकर्ताहरुले मागे जति सेयर पाएका छन् । जस अनुसार न्युनतम १० देखि ४० कित्ता आवेदन दिनेले मागेजति सेयर पाएका छन् । भने बाँकीले अधिकतम ५० कित्तासम्म हात पारेका छन्  । आइपीओमा रीतपूर्वक आवेदन दिएका ३ लाख ९० हजार ६३८ जनाले सेयर पाएका छन् । जसमा १० कित्ताका लागि आवेदन दिने २७ हजार ७ सय ४८ जनाले १० कित्ता नै सेयर पाएका छन् । यसैगरी, २० कित्ताका लागि आवेदन दिने १५ हजार ५ सय ९० जनाले २० कित्ता नै सेयर हात पारेकमा छन् । 
त्यस्तै, ३० कित्ताका लागि आवेदन दिने १ लाख २७ हजार ७ सय २३ जनाले ३० कित्ता नै सेयर पाएका छन् भने ४० कित्ताका लागि आवेदन दिने २० हजार ९ सय २९ जनाले ४० कित्ता नै सेयर पाएका छन् । ५० देखि १० हजार कित्तासम्मका लागि आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ जनाले पनि ४० कित्ता सेयर हात पारेका छन् । अर्थात १० देखि ४० कित्ता आवेदन दिनेले मागेजति पाएका छन् । भने बाँकीले अधिकतम ५० कित्तासम्म हात पारेका हुन् । ५० देखि १० हजार कित्तासम्मका लागि आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ जनामध्येबाट गोलाप्रथा मार्फत ७७ हजार २ सय ४५ जनाले थप १० कित्ता सेयर पाएका छन्  । यस हिसाबमा ७७ हजार २ सय ४५ जनाले ५० कित्तासम्म सेयर हात पार्न सफल भएका छन् । यस आइपीओमा कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन दिएकामा ९ सय ८८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक आरबीबी क्यापिटलले जनाएको छ । 
पुनर्बीमा कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो । कम्पनीले कुल पुँजी १० अर्बको १६५ ले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । जसमध्ये ७३ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई र ५५ ले हुन आउने ८ लाख कित्ता सेयर पनि सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकिएको छ ।
बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी १० अर्ब रुपैयाँ भएको छ । यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत अवस्था भन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ दिएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video