प्रमुख समाचार
Apr 09, 2020
नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो
काठमाण्डौं । चैत २७ ।   नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई स्वास्थ्य सतर्कता अपनाउँदै अहिले क्वारेन्टाइनमा राखिएको छ । 
भारतमा कोरोनाको संक्रमण देखिएको र भारत सरकारले २१ दिन लकडाउन घोषणा गरेपछि रोजगारीका लागि गएका नेपाली ठूलो संख्यामा नेपाल फर्किएका थिए । भारतबाट दक्षिणी नाका हुँदै फर्केका दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  नेपाल र भारतमा लकडाउन भएपछि सीमामा कडाइ गर्न सशस्त्र प्रहरीको थप जनशक्ति परिचालन भएको थियो । सशस्त्रका प्रहरी बलका एक सय २० बोर्डर आउट पोस्ट (बिओपी) र सात सय ८१ वटा अस्थायी चेकपोस्टका सुरक्षाकर्मी परिचालित भएका थिए । लकडाउन प्रभावकारी बनाएर कोरोना संक्रमण फैलिन नदिन सशस्त्र प्रहरीले थप पाँच हजार जनशक्ति परिचालन गरेको जनाएको  छ ।
 
सीमामा खटिएका सशस्त्र प्रहरीले संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सामग्री पाएका छैनन् । कैलाली, कञ्चनपुरलगायतका जिल्लामा सीमा सुरक्षार्थ खटिएका एक सय ३४ जना सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले सीमा सुरक्षार्थ खटिएका एक सय ३४ जनालाई हाल क्वारेन्टाइनमा राखिएको बताए ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video