राजनीति
Apr 09, 2020
विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई
काठमाण्डौं । चैत २७ ।   प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई प्रदेश सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताउनुभएको छ ।
 
विभिन्न राजनीतिक दलको संयन्त्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुधबार बुझ्दै उहाँले कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सरकारले गरेको लकडाउनबाट प्रभावित विपन्न वर्गलाई वितरण गरिने राहत व्यवस्थित गर्ने अभियानमा सघाउन राजनीतिक दललाई आग्रह पनि गर्नुभयो ।
 
मुख्यमन्त्री राईले सामाजिक सङ्घसंस्थाले वितरण गरिरहेको राहत सहयोगलाई व्यवस्थित गर्न राजनीतिक दलले आफ्नो संयन्त्रमार्फत स्थानीय तहसम्म सहजीकरण गर्दा राहत वितरणमा सहयोग पुग्ने बताउनुभयो ।
 
नेपाल सरकारको निर्देशिकाअनुसार स्थानीय तहले संयन्त्र बनाएर एकद्वारबाट राहत वितरण गर्नुपर्ने भए पनि सङ्घसंस्थाले वितरण गर्नेक्रम नरोकिएपछि मुख्यमन्त्री राईले दलहरुलाई सो आग्रह गर्नुभएको हो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video