नेपालीलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा  |  निकाद्धारा शैक्षिक परामर्श व्यवसायीलाई अति प्रभावित क्षेत्रमा सुचिकृत गरी सुहलियत ऋण वा पुनरकर्जाको सुविधा दिन माग  |  ‘अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि’  |  थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने  |  बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष  |  बन्दाबन्दी खुकुलो पारेर आर्थिक चलयमान गर्नुपर्ने सुझाव  |  राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने  |  बन्दाबन्दीले राजश्व सङ्कलन प्रभावित  |  मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द गरिने  |  एसइईबारे एकसाताभित्र निर्णय : शिक्षामन्त्री
शिक्षा /स्वास्थ्य
Apr 10, 2020
आजदेखि विराटनगरबाट पनि स्वाब परीक्षण
काठमाडौँ, चैत २८ ।  शुक्रबारदेखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण विराटनगरबाट पनि शुरु गरिने भएको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै कोशी अस्पताल विराटनगरले शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्ने जानकारी दिनुभयो । सो अस्पतालमा अब दैनिक करिव ९६ जनाको नमूना सङ्कलन गर्न सक्ने क्षमता भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी धरानमा दैनिक २० जनाको मात्रै स्वाब परीक्षण गर्ने क्षमता भएकोमा अब विराटनगरमा पनि यो सुविधा उपलब्ध भएको छ । परीक्षण आरम्भका लागि काठमाडौँस्थित वीर अस्पतालका जेनेटिक साइन्टिस्ट वलराम गौतम पनि यहाँ आउनुभएको छ । शुक्रबारदेखि प्रदेशका क्वारेन्टाइनबाट ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट पनि कोरोना भाइरसको शङकास्पद विरामीको रगतको नमूना परीक्षण शुरु गरिने भएको छ । ---


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video