मध्यपुर अस्पताल पुनःसञ्चालनमा  |  मौसममा सुधार हुँदै जाने  |  सिडियोका सवारी चालकलाईनै कोरोना सङ्क्रमण, कार्यालयका सबै कर्मचारी सेल्फ क्वारेन्टाइनमा  |  गण्डकीमा थपिए ३८, सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो  |  आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल  |  आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन  |  वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने  |  डोटीको क्वारेन्टीनमा आज बिहानै एक युवकको मृत्यु  |  जनता लकडाउनमा, प्रधानमन्त्री ओली गित रचना तिर, सडकबाटै ओलीको रचना रहेको गीति एल्बम विमोचन  |  गाँउपालीकाले सुरुवात गरेको बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै
शिक्षा /स्वास्थ्य
Apr 10, 2020
स्वास्थ्यकर्मीहरुलाई सरकारले दिने विशेष सेवा सुविधामा अझै थप गरेर दिने नगरपालीकाको निर्णय
काठमाण्डौं । चैत्र २८ । सरकारले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई विशेष सेवा सुविधा दिने व्यवस्था मिलाए पनि दैलेखको एक स्थानीय तहले तीबाहेक छुट्टै भत्ता दिने भएको छ । दैलेखको दुल्लु नगरपालिकाले आफ्ना कार्यक्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई छुट्टै प्रोत्साहन भत्ता दिने भएको हो । 
स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र यो महामारी रोकथाम र नियन्त्रण गर्न उनीहरूको ठूलो योगदान हुने हुँदा उनीहरुका लागि छुट्टै भत्ताको व्यवस्थापन गरिएको नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिनुभयो । “निर्णयानुसार मेडिकल अधिकृतलाई रु तीन हजार, स्वास्थ्य कर्मचारीलाई रु दुई हजार र श्रेणीविहीन कर्मचारीलाई रु एक हजार ५०० प्रोत्साहन भत्तास्वरूप उपलब्ध गराइने छ”, उहाँले भन्नुभयो  ।नगरपालिकाले स्थापना गरेको रु ६३ लाखको विपद् कोषबाट थप प्रोत्साहन भत्ता दिने ११ स्थानीय तहमध्ये दैलेखको यो पहिलो हो । तेह्र वडा रहेको यो पालिकामा दुई चिकित्सकसहित ११९ स्वास्थ्यकर्मी रहेका छन् । स्थानीय तहले यो विशेष सेवा दिनु एकदमै आवश्यक रहेको  र स्वास्थ्यकर्मी पनि उत्साहित भएको जिल्ला अस्पताल दैलेखका प्रमुख डा निराजन पन्तले जानकारी दिनुभयो ।

५८ को स्वाब परीक्षण पठाइयो 

कोरोना भाइरसको आशङ्कामा दैलेखबाट ५८ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वाब प्रदेश अस्पताल सुर्खेत पठाइएको हो ।
 
दैलेखबाट स्वाब परीक्षणका लागि आठविस नगरपालिकाबाट २५, चामुण्डा विन्द्रासैनी नगरपालिकाबाट १७, दुल्लू नगरपालिकाबाट छ, नौमुले गाउँपालिकाबाट नौ, नारायण नगरपालिकाबाट एक गरी ५८ जनाको स्वाब पठाइएको स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ । 
 
आठविस नगरपालिकाबाट बिहीबार २५ जनाको स्वाब प्रदेश अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख डा पन्तले बताउनुभयो । यस्तैगरी यसअघि पठाइएको नौमुले गाउँपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, नारायण नगरपालिका र दुल्लू नगरपालिकाबाट पठाइएको ३३ जनाको स्वाबको रिर्पोट आउन बाँकी रहेको डा पन्तले जानकारी दिनुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video