सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 11, 2020
नेपाल प्रहरीका १० एसएसपी डिआइजीमा बढुवा सिफारीस, ३४ एसएसपीबाट को को परे सिफारीसमा (सिफारीस सहित)
रबिन थपलिया । काठमाण्डौं । चैत २९। नेपाल प्रहरीका १० एसएसपी डिआइजी बढुवा सिफारीसमा परेका छन् । 
गृह मन्त्रालयको बढुवा समितिको बैठकले शुक्रबार साँझ नेपाल प्रहरीका एसएसपीहरु क्रमश घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, बसन्त पन्त, सहकुल थापा, धिरज प्रताप सिंह, बसन्त लामा, उत्तम सुबेदी, रबिन्द्र धानुक र अरुण विसीलाई डीआईजी बढुवामा सिफारिस गरेको छ । 
गृहसचिव न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकमा आईजीपी ठाकुरप्रसाद ज्ञवाली सदस्य र एआईजी शैलेश थापा क्षेत्री सदस्यसचिव सहभागी थिए । 
सरकारले २६ डिआइजीको दरबन्दीबाट कटौटी गरेर १४ जनाको दरबन्दी कायम गरेपछि रिक्त रहेको १० डीआईजीको कोटामा बढुवाका लागि ३४ एसएसपी प्रतिस्पर्धामा थिए । १४ डिआइजी मध्य हाल प्रहरीमा चार डीआईजीहरु बिश्वराज पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरी, निरजबहादुर शाही सीआईबी, सुर्यप्रसाद उपाध्याय प्रहरी प्रधान कार्यालय नक्साल र प्रध्युम्न कार्की दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत छन् ।
बढुवा समितिको बैठकले एसएसपीबाट डीआईजी बढुवामा वरियता र कार्यक्षमता मूल्यांकन दुवैलाई प्रमुख आधार बनाएर बढुवा सिफारिस गरेको बताएको छ । 
डिआइजी बढुवाका लागि सिनियर र जुनियर दुई व्याचका एसएसपीहरु प्रतिष्पर्धामा थिए । प्रतिष्पर्धामा रहेका सिनियर व्याचबाट ४ र जुनियर व्याचबाट ६ जना डिआइजी बढुवामा सिफारीसमा परेका हुन् । जस मध्य सिनियर व्याचबाट पहिलो नम्बरमा रहेका घनश्याम अर्याल सहित प्रकाशजंघ कार्की, बसन्त कुमार पन्त र इश्वरबाबु कार्की बढुवा सिफारीसमा परेका छन् भने जुनियर व्याचबाट धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, बसन्तकुमार लामा, रवीन्द्र बहादुर धानुक, सहकुल बहादुर थापा र अरुणकुमार बिसि बढुवा सिफारीसमा परेका हुन् । 

बढुवाका लागि को को थिए प्रतिष्पर्धामा ?
कढुवाको लागि सिनियर व्याचबाट घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, दिलीपकुमार चौधरी, राजेशकुमार लाल कर्ण र देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदिपकुमार श्रेष्ठ प्रतिष्पर्धामा थिए भने जुनियर ब्याचबाट धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, बसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र बहादुर धानुक, सहकुल बहादुर थापा र अरुणकुमार बिसि, सुशिलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पुजा सिंह, बिक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र नरबहादुर खत्री समेत डीआईजी बढुवाको प्रतिस्पर्धामा थिए । यही ब्याचका विश्वराज पोखरेल यसअघि नै डिआईजीमा बढुवा भइसकेका छन् । 


कहाँ कहाँ रहन्छ डिआइजीको दरबन्दी ? 
डिआइजीको दरबन्दी कटौटीसंग अब सातवटा प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) , विशेष ब्यूरो, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (प्रहरी महाशाखा, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा एकरएक गरि जम्मा १४ डीआईजी दरबन्दी रहनेछन्।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video