धर्म/संस्कृति
Apr 12, 2020
मिति २०७६ चैत्र ३० गते आइतबार, २०२० अप्रिल १२ तारिख हेरौं आजको राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । विक्रम संवत २०७६ साल चैत्र ३० गते आइतवार तदनुसार २०२० अप्रिल १२ तारिख वैशाख कृष्ण पक्ष पन्चमी तिथि राति १० । ५५ उप्रान्त षष्ठी तिथि ज्येष्ठा नक्षत्र राति १२ । ३८ उप्रान्त मूल नक्षत्र वरियान योग राति २ । ७ उप्रान्त पारिघ योग कौलव करण आनन्दादि योगमा काण योग चन्द्रमा बृश्चिक रासिमा राति १२ । ३८ सम्म उप्रान्त धनुरासिमा उद्वेग बेला विहान ७। १४ सम्म आज चन्द्रमा उत्तर दिशामा रहेकोले काम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भएमा सिधै अन्या भएमा केहि उत्तर गएर गर्नु बेश
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष
सरिरमा आलस्यता बढ्नुको साथै काममा वाधा मनमा चिन्ता लेन देनमा कठिनाइ समयमा निर्णय नहुदा शत्रुले आवस्यक समयमा अवरोध सिर्जाना गर्ने योग
बृष
वैदेशिक व्यापार र कूटनैतिक काममा सोचेजस्तै सफलता मिल्नेछ अरुको विस्वास पहिलो भेटमा जित्न सफलभै मनग्य धन आर्जन गर्ने योग साँझपख स्वास्थमा बाधा
मिथुन
परिश्रम गरेर पनि शत्रुले आफुलाइ परास्थ गरि आफ्नो गन्तव्य पुग्न असफल गराउने योग साझपख प्रयत्न गरे अरुले आफुलाइ नयाँकामको अवसर प्रधान गर्न सहयोग पुर्याउने योग
कर्कट
सोचने शक्तिमा तिब्रता आउनाले निर्णयको बलमा काम सफल हुने र बौद्धिक कार्यमा समेत आफुलाई सोचेजस्तो लाभ हुने योग साँझ पख शत्रु वढ्ने भएकोले अरुमाथि गरेको विस्वासले ठूलो धोका हुने योग
सिंह
परिवार हरुले आफुलाइ सहयोग गरि सफल वनाउने शत्रुलाई आफुले परास्त गरि आफ्नो कार्यलाई अघिवढाउने अवसर पाउने योग घरेलुकाममा रुचि र सफलता खुसि वढ्ने भएकोले अघि वढ्नु उचित हुनेछ
कन्या
जोस जाँगर बढनेछ सानै प्रयासले पनि आफ्नो लक्षमा पुग्ने योग मनोवल पनि बढने मान प्रतिष्ठा बढने योग धैर्यता अपनाउँदा नयाँकाम सफलभै हर्ष वढ्ने योग
तुला
बोलिको प्रभाब राम्रो भएकोले अरुलाइ आफ्नो विस्वासमा लिन सकिने र धेरै ठूला अवसर आउन सक्ने योग सरिरमा स्फुर्ति बढ्ने मनोवल बढ्ने योग
बृश्चिक
ठूला व्यक्तिका साथ अन्तर कृयामा सम्लग्नभै सम्मान पाउन सफल ठूलाकाममा अरुको विस्वास प्राप्तभै धन मान लाभको अवसरमिल्ने योग
धनु
झुटा आरोपका साथै विनाकारणको विबादले काममा अवरोध आउने मित्र र परिवार हरु अरुको कुरामा लाग्ने भएको विवाद गर्न बाध्य हुन पर्ने योग साँझ पख केहि लाभको अवसर मिल्ने
मकर
महत्वपुर्ण काम सफल हुने शुभ कार्यमा संलग्न हुन पाइने अरुको विस्वास हासिल गर्ने अवसर मिल्ने भएकोले नयाँकामको विचार गर्नुहोला साँझ पख खर्च र विवाद बढ्न सक्छ
कुम्भ
सामाजिक कार्यमा शुभ समाचार आउने क्रम कायमा राख्न सफल अरुले प्रसम्सागर्ने भुलेकाहरुले याद गर्ने आर्थिक लाभको कारोवारमा अघि बढन बेश
मीन
काममा सफल हुन भाग्यले साथ दिने हुदा सफलता पाउन मुस्किल छैन अरुवाट आफ्नो कार्यलाइ सहयोग गरि अप्ठ्यारो कार्यलाई समेत सहज बनाउने भएकोले मनोवल बढ्ने योग
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video