गृहमन्त्रीबाट ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को उद्घाटन  |  पहिलो रास्ट्रीय झण्डा दिवस २०७५ सम्पन्न  |  सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा  |  सरकार सही बाटोमा हिडेको छ ः प्रम ओली  |  नेपालबाट एकाएक गायब भएको ३३ किलो सुन ११ महिना पछि भारतमा भेटीयो, यसरी सुन बरामद भयो  |  कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !  |  नेकपा स्थायी कमिटी बैठक : ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन पेश  |  नुवाकोटमा आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १५ बढी घाईते  |  नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै
स्थानीय सरकार
Jul 16, 2017
योजना वनाउँन मेयर गाउँगाउँमा
 हेमन्त के सी 
सावन १ जाजरकोट । चुनावको समयमा प्रतिवद्धता पत्रमा उल्लेख गरेका योजनाहरु छनोट गर्न त्रिवेणी नलगाड नपाका मेयर गाउँगाउँमा पुगेका छन् । वस्ती स्तरवाट जनतालाई चाहिएको ठोस योजना वनाउन मेयर टेकवहादुर रावल गाउँगाउँमा पुगेका हुन् ।
 साविकका ४ गाविसलाई मिलाएर त्रिवेणी नलगाड नपा वनाएपछि भुभाग पनि ठुलो भएको छ । धेरै सम्भावना वोेकेको नपा मध्य यो एक नम्वरमा पर्दछ । योजना डुव्लिकेशन हुँन नदिन र काम नगरि खाने प्रवृती विरुद्ध मेयर रावल निर्मम भएर लागेका छन् । विगतका योजनाहरु कडाईका साथ अनुगमण गर्नुका साथै अव वन्ने योजना वस्तुवादी वनाउन उनी सल्लाह माग्दै गाउँ गाउँमा पुगेका हुँन् । जिल्लाका सवै नपा र गापामा परिषद सम्पन्न भएपनि यहाँको त्रिवेणी नलगाडमा भने मेयर आफै गाउँमा गई योजना छान्न थालेपछि सावन ७ गतेलाई वैठक सारिएको छ । वडा अध्यक्षलाई साथमा लिएर गाउँ गाउँमा पुग्दा जनताहरु अनौठो मान्ने गरेका छन् । 
 योजना वनाउदा अपनाउनु पर्ने विधी प्रकृया र चरणका विषयमा सवै जनता र जनप्रतिनीधिलाई वुझाउन सावन २ गते देखि विज्ञ वोलाएर प्रशिक्षण सञ्चालन गर्न लागिएको मेयर रावलले वताए । आज सम्म नेताले टिपाएकै भरमा योजना वनाउदै आएकोमा त्यसलाई निरुतसाहित गर्नका लागि योजना जनताकै विचवाट आउनु पर्ने उनको भनाई छ । नगरपालिकामा ईन्टरनेट विस्तारका लागि र सुचनाको प्रभावकारी विस्तारका लागि सञ्चारमन्त्रालयलाई पत्राचार भईसकेको उनले वताए । नलगाड जलविद्युत आयोजना ( ४१० मेघावाट ) तासुँगाड जलविद्युत आयोजना (४ मेघावाट )  यहि नपा भित्र पर्दछन् । 
कुचो समाएर दैनिक सरसफाईमा मेयर 
दैनिक वजार क्षेत्र फोहोर भईरहेको समयमा त्रिवेणी नलगाड नपाले दैनिक सरसफाई अभियान थालेको छ । मेयर टेकवहादुर रावलको नेतृत्वमा दैनिक दिन  विहानै कुचो समातेर यहाँको दल्ली , कालीमटी ,वगारा लगाएका मुख्य वजारमा सरसफाई हुँदै आएको छ । 
जथाभावी फोहोर फाल्नेलाई पहिलो पटक सम्झाउने , दोस्रो पटक नमानेमा जरिमाना गर्ने लगाएका काम हुँने गरेको मेयर रावलले वताएका छन् । सम्वृद्धी विकास खोज्न वाहिर जानु पदैन ,आफैवाट सुरु गर्नुपर्छ भन्दै यहाँको नगरपालिकाले त्यसको अगुवाई गरेको नपाका कार्यक्रारी प्रमूख सुरेन्द्र सिंहले वताए । दैनिक मेयर र कर्मचारीहरु कुची समातेर सडक , वजारमा सरसफाईमा व्यस्त देख्दा  स्थानीयहरु पनि स्वत स्र्फुत तरिकाले सरसफाई अभियानमा सहभागी हुँने गरेका छन् । अहिले वजारमा पलास्टिक , अन्य फोहोर वस्तु कसैले पनि जथाभावी निकाल्ने काम वन्द गरेको कार्यकारी सिंहले वताए । 
हामी हाम्रो नपावाट अरुले सिकुन भन्ने चाहान्छौँ सिंहले भने । त्यस्तै भेरी नपाले वातावरण हराभरा वनाउन अभियान थाल्ने भएको छ । राजनीतिमा आउनु अघि शिक्षक र जनसरकार प्रमूख भईसकेका रावल अत्यन्तै मिलनसारको सुचीमा पर्दछन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video