कृषि/प्रविधि
Apr 14, 2020
यस बर्ष आँप उत्पादन बढ्ने
काठमाण्डौं । बैशाख २ । महोत्तरीसहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । 
यसवर्ष आँपको रुखमा सबैतिर मज्जर ९आँपको फूल० बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । तर सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण आँपमा छर्ने औषधिको अभाव देखिएको छ । फलस्वरुप आँपमा छर्न नपाएपछि मधुवा किराको प्रकोपले मज्जर र चिचिला झर्ने र उप्पादन घट्न सक्ने चिन्ताले किसानलाई सताएको छ ।

किसानहरु भन्छन, “माघ गुज्रियो, फागुनमा आँपमा मज्जर ९फूल० लाग्यो र चैतमा अत्यधिक टिकोला ९चिचिरा० देखिनु उत्पादन बढने सङ्केत हो । तर लकडाउनका कारण औषधि छर्न नपाएपछि मधुवा किराको प्रकोपले उप्पादन घट्न सक्ने सम्भावना पनि त्यतिकै रहेको छ । लकडाउनका कारण किसानहरुले बगैंचालाई नियमित खनजोत, सिँचाइ तथा मलखादको प्रयोग गर्न समेत पाएका छैनन् ।
मधुवा रोगको दीर्घकालिन समाधानका लागि सरकारी स्तरबाट हालसम्म कुनै प्रयास भएको देखिदैन । लकडाउनका कारण प्राविधिक पहुँचबाट बञ्चित रहेका महोत्तरीका किसानहरु मधुवा रोगबाट बच्नका लागि बजारमा औषधिसमेत खरिद गर्न सकिएको छैन् । 
 
जिल्लाको सदरमुकाम जलेश्वर, मटिहानी, मनरा, सम्सी, खयरमारा, पिपरा, इटहर्वा, पर्सापतैली, सुगा, लक्ष्मीनिया, मडै, बर्दिवास, गौशालालाई आँप उत्पादनको पकेट क्षेत्र मानिन्छ । यस वर्ष जिल्लामा दुई हजार ६ सय हेक्टर क्षेत्रफलमा आँपखेती गरिएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video