शिक्षा /स्वास्थ्य
Apr 18, 2020
बढी पैसा लिएर सर्जिकल माक्स बेच्ने अस्पतालको फार्मेसीलाई कारबाही
काठमाण्डौं । बैशाख ६ । बढी मुल्य लिएर सर्जीकल माक्स बेच्ने समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिवाना गरिएको छ । 
बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ । अनुगनमका क्रममा बढी मूल्य लिई मास्क बेचेको पाइएपछि सो फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल रु दुई लाख जरिवाना गरिएको विभागले जनाएको बिभागले जनाएको छ । 
यसैगरी विभागको अनुगमन टोलीले मूल्यसूची नराखी माछा बिक्री गरेको पाइएपछि बानेश्वरस्थित धनुषा फिस हाउसलाई रु ५० हजार जरिवाना गरेको छ । विभागले लकडाउनको समयमा पनि उपभोक्ता ठगीमा नपरुन् भनेर अनुगमनलाई निरन्तरता दिएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video