शिक्षा /स्वास्थ्य
Apr 18, 2020
एम्बुलेन्सले निमोनियाका बिरामीलाई बोक्न मानेन
मेलम्ची, वैशाख ६ सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सले सिकिस्त निमोनिया भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् । निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका–७ पोखरेका गणेश रोक्कालाई भिमटारका एम्बुलेन्स चालकले अस्पताल लैजान अस्वीकार गरेका हुन् । गाउँपालिकाको तीन वटा एम्बुलेन्समध्ये कुनै एम्बुलेन्सले पनि बिरामीलाई अस्पताल लैजान नमानेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । बिरामी रोक्काले अर्बुदरोगका कारण एउटा हात पनि गुमाइसकेका थिए । एम्बुलेन्स चालकले बिरामीलाई अस्पताल लैजान नमानेको इन्द्रावती गाउँपालिका–७ का वडा सदस्य तिलक रोक्काले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले तीन वटा एम्बुलेन्स चालकलाई नै आवश्यक स्वास्थ सामग्री उपलब्ध गराउँदासमेत एम्बुलेन्स चालकले अवज्ञा गरी बिरामी लैजान नमानेको उहाँले बताउनुभयो । इन्द्रावती गाउँपालिकाका प्रमुख बंशलाल तामाङले भिमटारका एम्बुलेन्सले नमानेको र नवलपुरबाट बिरामीलाई बोक्न एम्बुलेन्स पठाएको बताउनुभएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video