केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
धर्म/संस्कृति
Apr 19, 2020
मिति २०७७ साल बैशाख ७ गते आइतबार, तपाँईको आज कस्तो रहने छ हेरौं राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ। कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मुल्याङन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ कार्यगर्ने योजना हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।परिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । मिहिनेत गर्दा प्रगति हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्ने देखिन्न ।पुरुषार्थी काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। 



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुने देखिन्छ।शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लाभदायक यात्रामनोरञ्जन कार्य रहला ।परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ। समस्या दर्साउँदा सहयोग गर्नेहरू भने भेटिनेछन्। कर्जा लिनुपरे पनि सानो प्रयत्नले तत्कालका समस्या भने टार्न सकिनेछ।अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ।
इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ अलंकारको प्राप्ति हुनेछ ।हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
 नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अतिथिका रूपमा सम्मान पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। नियमित कामलाई निरन्तरता दिन सकिनेछ।मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । बोलीको विपरीत अर्थ लाग्नसक्छ अतः संयम रहनु होला ।बेसुरमा बोल्ने बानीले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। साझेदारीमा असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन्।रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ। आयस्रोत कमजोर रहने समय छ।बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ कामको प्रस्ताव आए पनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न भने सकिनेछ।आज पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ ।पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धेरै लगानीपछि थोरै प्रतिफल प्राप्त हुनेछ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हाला । मनमा दुविधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ ।आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video