राजनीति
Apr 20, 2020
अध्यक्षले एकलौटी गरेको भन्दै वडा सदस्यद्वारा राजीनामा
काठमाण्डौं । बैशाख ८ । वडा अध्यक्षले एकलौटी निर्णय गर्ने गरेको भन्दै निर्वाचीत एक वडा सदस्यले राजीनामा दिएका छन् । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का वडा सदस्य ऋषिराम घर्तीले वडा सदस्यबाट राजीनामा दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित घर्तीले वडाध्यक्षले एकलौटी निर्णय गरेको आरोप लगाउँदै पदबाट राजीनामा दिएको  बताउनुभयो । 
वडाध्यक्ष पदमप्रसाद भट्टराईले उहाँले यही वैशाख ५ गते राजीनामा दिए पनि  तीन दिनसम्म बोलाउँदा सम्पर्कमा नआएपछि आज  स्वीकृत गरिएको जानकारी दिनुभयो । तत्कालीन नेकपा९माओवादी केन्द्र०का तर्फबाट विजयी भट्टराईले वडाका अन्य पदमा जनमोर्चाकै सदस्य भएका कारण  हरेक काममा असहयोग हुने गरेको बताउँदै सदस्य घर्तीले लगाएको आरोप गलत भएको विचार राख्नुभयो । 
उहाँले यस्तो विपद्का समयमा राजीनामा दिनु गलत भएको बताउँदै केही समस्या भए छलफल गरेर जान सकिने विकल्प हुँदाहुँदै  सम्पर्कमै नआउनु गलत भएको प्रतिक्रिया दिनुभयो ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video