विचार/अन्तरवार्ता
Apr 20, 2020
गरिब जनताहरु रोगलाई होइन भोकलाई जित्न नसकेर गाँउ र्फकदै छन् : थापा
आशिष थापा । काठमाण्डौं । कोरोनाको विश्वव्यापी महामारीबाट बच्न नेपाल पनि अहिले लडिरहेको छ । कोरोनाको संक्रमणबाट जोगिन सरकारले लकडाउन गरेको छ जस्का कारण नेपाली जनता अहिले घरघरमा थुनिएका छन् । अहिले उद्योगधन्दा, कलकारखाना देखि जनताको रोजगारीमा समेत लकडाउन भएको छ । लकडाउन बढदै जाँदा अहिले दैनिक ज्यालादारी गरेर खाने देखि स्वरोजगार भएकाहरुलाई समेत समस्यामा पारेको छ । गरिबको चुल्हो निम्ने अवस्थामा पुगेको छ । काठमाण्डौं उपत्यकामा अवसरका लागि आएका लाखौं जनता लकडाउनले समस्यामा परेका छन् । आर्थिक अभावले बाँच्नकै लागि गरिब र निमुखाहरु लकडाउनलाई तोडदै लाम लागेर गाँउ जान बाध्य भइरहेका छन् । 
गरिबका ति लालाबाला सहित थानकोट काटदै गरेको कारुणीक दृष्यले कस्को मन नछोला । तर सत्तामा रहेकाहरुले भने यस्ता कारुणीक दृष्यलाई पटक्कै देखेनन् । जस्का कारण गरिब र निमुखाहरु जोखिम मोलेर हप्तौ हिडेर गाँउ र्फकन बाध्य भइरहेका छन् । 
नेपाल सरकारका मत्रीज्यूहरू यो कुरा पनि ख्याल गर्नुहोसकी गाँउ गाँउमा हिडेर जाने ति जनता तपाँईहरुकै मतदाताहरु हुन् । हिजो ति गरिबको मत लिएर आज तपाँईहरु सत्ताको रसमा डुव्नु भएको छ । गरिब जनताको हिजोको त्यो गुनलाई भुलेर तपाँईहरु आज कतै गाँजा तानेर सूतेर त बस्नु भएको छैन् ? हैन भने जनतामाथी भएको यो सास्तीमा किन तपाँईहरु बोल्न सक्नुहुन्न ? नेताज्यू न बिर्सनुस अहिले पाउनु भएको पद र यो सम्पति कुनै तपाईहरूको बुबा वा बाजेले कमाएर दिएको होइन । आज तपाँई सत्ताको रसमा रहेर लिएको पारीश्रमीक यही जनताले दिन रात मेहनत गरी पसिना बगाएर कमाएको पैसाको कर हो । तपाँईहरु लकडाउनमा पनि जनताले तिरेको करबाट चुल्हो बालीरहनु भएको छ तर ति कर तिर्ने गरिबको चुल्हो अहिले निमेको छ । 
नेताज्यू तपाँईहरु जनताको नाममा राजनीति गरेको भनेर भाषण दिएर थाक्नुहुन्न । जनता अहिले समस्यामा परेको बेलामा जनताको निम्ती बास्तवमा सेवा गर्ने यो तपाँईहरुको निम्ती ठुलो अवसर हो । मान्छे ५००÷६०० किलोमीटर हिडेर भोक भोकै घर जान बाध्य बनेका छन । उनिहरुलाई सहज तरीकाले गाँउ र्फकने वातावरण बनाउन पहल गर्नुहोस । जोखिम मोलेर काठमाण्डौ छाडेका ति जनताहरु रोगसंग नभएर भोगसंग लडन नसकेर भागेका हुन् । सरकारले रोग फैलन नदिन भोकलाई वास्ता नराखिरहेको छ जस्ले गर्दा जनता निकै समस्यामा परेका छन् । कोरोनालाई मात्र हेरेर गरिबको चुल्हो तर्फ ध्यान नदिंदा भोलिका दिन त्यही जनताले तपाईको घर र जून राजनीति दौड़मा हिड्नु भएको छ त्यो सबमा आगो  लगाउने छन । गाँउ जान थानकोटबाट हिडेको गरिबको ताँतीतको फोटो त फेसबुकमा देखिएको छ । जनताको गम्भीर समस्यामा ख्याल नगरी राजनीतिको कुर्सीमात्र हेरीरहने हो भने भोली जनताले त्यसको जबाफ पनि दिनेछन् । नेताज्यू समयमा सच्चिनू होस तपाँईहरुको निम्ती यो अवसर पनि हो । यो अवसर गुमाउनु भएन भने तपाईहरू भोलीका दिनमा काठमाण्डौंबाट आआफ्नो गाँउ यसरी नै फर्किएको फोटो यही फेसबुकमा देख्नुन नपरोस ।
थापा नेपाल तरुण दलका नेता हुन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video