कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’  |  जिल्ला सेक्रेटरीसहित तीन कार्यकर्ता पक्राउ  |  नेपाली कांग्रेस स्याङजाका युवा नेता ईञ्जिनियर क्षेत्रीद्धारा वालिङका दुई क्लबलाई खेल सामग्री प्रदान
धर्म/संस्कृति
Apr 28, 2020
मिति २०७७ साल बैशाख १६ गते मंगलबार, अप्रील २८, हेरौं राशिफल
काठमाण्डौं । आज मिति २०७६ साल बैशाख १६ मंगलबार । तदनुसार अप्रील २८ तारीख । नेपाल संवत ११४० बछलाथ्व ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शत्रु परास्त हुनेछन् । आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाब बढ्नेछ । प्रतिस्पर्धीहरू पछि हट्नेछन्। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। 

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सानो प्रयत्नले ठूलो काम बन्नेछ । सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सन्तान सुख मिल्नेछ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
रचनात्मक काम प्रारम्भ गर्ने समय छ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ। धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । तर अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आर्थिक कारोवारमा मन्दी आउला । प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।   पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ। आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। समय लागे पनि मिहिनेतले काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। 

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कर्मयोगले मानसम्मान समेत दिलाउने छ । अरुको मन जित्न सकिनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ। शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ ।प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। 

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ । आज परोपकार तथा पूण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। तर केही बाध्यात्मक परिस्थितिले काममा अलमल्याउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिने छ । मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। 

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
दुविधाले निर्णायक मोड लिने छ । दैनिक कार्यमा प्रगती हुनेछ । आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। वादविवादले घर गृहस्थीमा समस्या निम्त्याउन सक्छ। मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। 

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुने छ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आजबाट रोकिएको कार्य पुन सुचारु हुन सक्छ । मिहिनेतले काममा सफलता दिलाउनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ । 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। लामो समयदेखिका बाधाहरू फुकुवा हुनेछन् । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। 

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । घरायसी समस्या बढ्नेछ । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।  मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।   हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video