गण्डकीमा थपिए ३८, सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो  |  आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल  |  आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन  |  वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने  |  डोटीको क्वारेन्टीनमा आज बिहानै एक युवकको मृत्यु  |  जनता लकडाउनमा, प्रधानमन्त्री ओली गित रचना तिर, सडकबाटै ओलीको रचना रहेको गीति एल्बम विमोचन  |  गाँउपालीकाले सुरुवात गरेको बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै  |  मिति २०७७ साल जेष्ठ २५ गते आइतबार, जुन ७ तारीख हेरौं राशिफल  |  आइतबारदेखि मालपोत कार्यालय खुल्ने  |  कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे
शिक्षा /स्वास्थ्य
May 01, 2020
अनलाइन शिक्षा : नेपालको परीपेक्षमा फलामको चिउरा
फडिन्द्र अधिकारी झटारे
नेपालमा रहेका करिब तीन करोड जनसंख्या मध्ये हुने खाने भन्दा भएर खानेको जनसंख्या बढी छ । नेपाल हिमाल, पहाड तराइ मिलेर बनेको सुन्दर शान्त र विशाल देश हो । नेपालको मुख्य पेशा नै कृषि हो । नेपालका अधिकांस नागरिक खेतीपातीको कार्य गर्दछन । धेरै जनताको आफ्नो खेतमा फलेको अन्नले वर्ष भरी टन्न खान पनि पुग्दैन । अरुको ज्याला मजदुरी गरेर भए पनि आफ्ना छोराछोरीलाई शिक्षालयसम्म पठाउने गरेका छन् । गाउँघरमा खेतीपातीको समयमा विद्यार्थीहरु पनि आफ्नो अभिभावकहरुसगै खेतला (मजदुरी) गर्न जाने भएको हुदाँ विद्यालयमा विद्यार्थीहरुको उपस्थिती अरु समयको तुलनामा कम हुन्छ । नेपाल सरकारले आधारभुत तहसम्म अनिवार्य र निःशुल्क शिक्षाको निति अगाले पनि विद्यार्थीहरुलाई नियमीत विद्यालयमा टिकाउन सकेको छैन् । गरिबी, जनचेतनाको कमी, सानै उमेरमा पारिवारिक व्यवहार आदि जस्ता कारणहरुले पनि हाम्रो देशका बालबालिकाहरु शिक्षा लिनबाट पछि पारिएको छ वा परेका छन् ।  
हाल विश्वमा कोरोना भाइरसका कारणले बालबालिकाहरुमा एक प्रकारको रोग र भोगको मारमा परेका छन् भने अर्कातर्फ शैक्षिक शत्र सुचारु हुने समय भईसक्दा पनि परीक्षाफल के भो थाहा छैन र शिक्षालयसम्म कहिले देखि जान पाईने हो एकिन छैन् । नेपाल सरकारले विभिन्न प्रविधिहरुको प्रयोग गरेर पठनपाठन सुचारु गर्ने तयारीमा छ । सरदरमा भन्नुपर्दा एक परिवारमा अनुमानित कम्तिमा ३ जना छोराछोरीहरु विद्यालय जाने गर्दछन् । यसरी अनलाइन कक्षा संचालन गर्दा गरिबीले थिचेको परिवारमा वार्षिक अनुमानित खर्च हुन जान्छ । 
           यसरी वार्षिक अनुमानित खर्च कसरी जुटाएर आफ्ना छोराछोरीलाई अनलाइलको माध्यमबाट पढाउन सक्लान । माथि उल्लेखित बाहेकका अन्य खर्च त गणना गरिएको नै छैन् ।  
                  नेपालमा केही पहुँचमा रहेका र धनि घर परिवारका विद्यार्थीहरुलाई आधार बनाएर अनलाइन कक्षा संचालन गर्दा गरिबको रेखामुनी रहेका विद्यार्थीहरुमा विवेध हुन जान्छ । अभिभावकले आवश्यक सामग्री खरिद गर्न नसक्दा अभिभावक र विद्यार्थीहरुमा समेत हिनताबोध भई मानसकि असर पुग्न सक्छ । सहरबजारका केही मासिक हजारौ असुल गर्ने विद्यालयले अनलाइन कक्षा संचालन गरे जस्तो सहज नेपालको सबै क्षेत्रमा रहेका विद्यार्थीहरुमा छैन । नेपालको धेरै शिक्षकलाई त कम्प्युटर चलाउन समेत आउदैन । आउने दक्ष शिक्षकहरुलाई नेपालको नेटको संचालन गतिले अबरोध गर्ने गरेको पाईन्छ । लाखौ विद्यार्थी भएको देशमा हजारौ विद्यार्थीहरुको हितमा मात्र अनलाइन शिक्षा संचालन गर्नु आयश्रोत कमजोर भएका घर, परिवार र समुदायको लागि फलामको चिउरा चबाउनु जस्तै हो । हातमा मोवाइल भए पछि कति विद्यार्थीहरुले मोवाइलको गलत प्रयोग गर्न सक्ने सम्भावना पनि रहेको छ । मोवाइलको गलत प्रयोग भयो भने बालबालिकाहरुमा विभिन्न प्रकारका जोखिम वा कुलतहरुमा पर्न सक्ने सम्भावना हुन सक्छ । 
     नेपालमा प्रविधिबाट अध्यापन गराउनु अगाडी शिक्षकहरुको क्षमतामा विकास गराउन जरुरी छ । अहिलेको कोरोना भाइरसका कारण देखाएर हतार हतारमा बिना तयारी अनलाइन कक्षा संचालन गरेमा लगानी मात्र खेरा जान सक्छ । हाल नेपालमा २८ हजारको हाराहारीमा सामुदायिक विद्यालय मध्ये १३ प्रतिशत विद्यालयमा मात्र अनलाइन संचालन गर्न सक्ने क्षमता रहेको छ । कति विद्यालयहरुमा अझै पनि विद्युत समेतको व्यवस्थापन हुन सकेको छैन । शिक्षक मात्र हैन शिक्षासँग सरोकार राख्ने विभिन्न सरोकारवाला निकायहरुका पदाधिकारीहरु समेत प्रविधिमा दक्ष हुनु पर्ने छ । यो कोरोना भाइरसले हामी सबैलाई सचेत बनाएको छ की अबको शिक्षामा लगानी बढाएर क्रमिक रुपमा ूआजको आवश्यकता प्रविधियुक्त शिक्षा आजको आवश्यकताू भन्ने नारालाई सार्थक बनाउन सकिन्छ ।  
 हाल श्री प्रकाश माध्यमिक विद्यालय , बराह क्षेत्र न.पा. १०, प्रकाशपुर, सुनसरी मा कार्यरत, शिक्षक
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video