मध्यपुर अस्पताल पुनःसञ्चालनमा  |  मौसममा सुधार हुँदै जाने  |  सिडियोका सवारी चालकलाईनै कोरोना सङ्क्रमण, कार्यालयका सबै कर्मचारी सेल्फ क्वारेन्टाइनमा  |  गण्डकीमा थपिए ३८, सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो  |  आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल  |  आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन  |  वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने  |  डोटीको क्वारेन्टीनमा आज बिहानै एक युवकको मृत्यु  |  जनता लकडाउनमा, प्रधानमन्त्री ओली गित रचना तिर, सडकबाटै ओलीको रचना रहेको गीति एल्बम विमोचन  |  गाँउपालीकाले सुरुवात गरेको बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै
शिक्षा /स्वास्थ्य
May 03, 2020
नेपालगञ्जमा थप ९ मा कोरोना सङ्क्रमण,रमजान प्रभावित
काठमाण्डौं । बैशाख २१ । बाँकेको नेपालगञ्जमा आज थप नौ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।  नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन ९आरटीपिसिआर०मा परीक्षणका क्रममा तिनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवम् कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठले जानकारी दिनुभयो । 
उहाँका अनुसार नेपालगञ्जमा भेटिएका सङ्क्रमितमा  पाँच महिला र चार पुरुष  छन् । यससँगै नेपालगञ्जमा कोराना सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । यसअघि शुक्रबार पहिलो पटक एक ६० वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ फेला परेको थियो ।  ‘परीक्षण भएका ३० रिपोर्टमध्ये ९ मा पोजेटिभ भेटिएको हो, अरु जाँच गर्दैछौँ’, श्रेष्ठले रासससँग भन्नुभयो, ‘धेरै सङ्ख्यामा रहेकोले रिपोर्ट तयार गर्न समय लागिरहेको छ ।’
सङ्क्रमण पुष्टि भएका व्यक्तिको खोजी गरी कोरोना आइसोलेशन अस्पतालमा उपचारका लागि पठाउने तयारी गरिएको छ । उहाँले शनिबार कोरोना सङ्क्रमितको परिवार तथा आफन्त र सम्पर्कमा रहेका ८३ को स्वाब परीक्षणका क्रममा तिनको पोजेटिभ भेटिएकाले अरु पनि भेटिन सक्ने बताउनुभयो ।
  शनिबार दिनभर सुरक्षाकर्मी र स्थानीय टोलवासी अगुवाको सहयोगमा कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा पर्ने जुलाहनपूर्वा टोलमा सङ्क्रमितको आवतजावत हुने गरेको पाइएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको हो । सङ्क्रमितका परिवार र नजीकका आफन्त आठ जनालाई महेन्द्र बहुमुखी क्याम्पसको एकान्तबासमा  राखिएको थियो ।
  रमजान प्रभावित
 नेपालगञ्जका दश व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि मुसलमान धर्मावलम्वीको पवित्र पर्व रमजान प्रभावित भएको छ । एक हप्तादेखि शुरु भएको रमजानका अवसरमा घरमै बसेर  कोरोना भाइरस समाप्तिको प्रार्थना गर्दै नमाज पाठ गरिआएका एक धर्मगुरुमा कोरोना पोजेटिभ देखिएपछि समुदायमा भय देखिएको नेपालगञ्जका मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले बताउनुभयो ।  ‘पहिलेदेखि नै मान्छे डराइरहेका थिए, घरमै बसेर नमाज पढ्ने काम भइरहेको थियो’, उहाँले भन्नुभयो, ‘हिजो एक जनामा कोरोना देखिएपछि अहिले धेरै त्रास भएको छ, रमजान प्रभावित नहुने कुरै भएन ।’

उहाँले त्रास मात्रै गरेर केही नहुने भएकाले यसमा थप सतर्कता अपनाउनका लागि टोलटोलमा अनुगमन गरी  बाहिर ननिस्किन आग्रह गरिएको बताउनुभयो ।  रोजाको बेला मस्जिदमा गएर नमाज पढ्ने परम्परा रहे पनि कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी यस वर्ष रमजानका सबै धार्मिक कार्य घरमै गर्न आग्रह गरिएको धर्मगुरु मौलाना अव्दुल जव्वार मञ्जरीले बताउनुभयो ।  ‘घरभित्रै रहेर रमजानको कार्यक्रम भइरहेको थियो, नेपालगञ्जमै कोरोना देखिएपछि थप डर त्रास फैलिएको छ’, उहाँले भन्नुभयो । बन्दाबन्दीका कारण घरबाहिर निस्किन नपाइरहेका अवस्थामा अब कोरोना सङ्क्रमण देखिएकाले थप सतर्कताका साथ घरभित्रै धार्मिक कार्य गर्न उहाँले आग्रहसमेत गर्नुभयो ।

उहाँले रोग कुनै एक धर्म र समुदायसँग जोडिएको विषय नभएकाले समुदायमा रहेका सम्भावित कोरोना सङ्क्रमित र  आशङ्कित व्यक्तिको पनि पहिचान गरी स्वास्थ्य परीक्षण गर्नगराउन लाग्नुपर्नेमा जोड दिनुभयो । 
 
 कोरोना सङ्क्रमण देखिएपछि आज बिहानैदेखि मानिसहरु कोरोना जाँच गराउन लागिरहेका छन् । नेपालगञ्ज–८ महेन्द्रपार्क निवासी मुसलमान अगुवा एवम् अन्तरराष्ट्रिय खेलाडी समशुद्दीन सिद्धिकीले टोलका सबैजनालाई बिहानैदेखि जाँच गराउन थालिएको बताउनुभयो ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video