राजनीति
May 04, 2020
काँग्रेस परित्याग गरेका वडा अध्यक्षको पद गुमेपनि पुरानै हैसीयतमा काम गदै
काठमाण्डौं । बैशाख २२ । आफु निर्वाचीत भएको पार्टी परित्याग गरि अर्को पार्टीमा प्रवेश गरेका एक वडा अध्यक्षको पद निर्वाचन आयोगले खारेज गरेपनि अझै अध्यक्षका हैसीयतमा काम गरिरहेका छन् । 
पद गुमेको थाहा नपाउने यी वडाध्यक्ष ...
बैतडीको डिलासैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामीको पद निर्वाचन आयोगले खारेज गरी पद रिक्त रहेको बताएपनि धामीले अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको छ । निर्वाचन आयोगको गत चैत ६ गतेको निर्णयले धामीलाई पदमुक्त गरेको भए पनि धामीले अहिले पनि अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको हो । 
आयोगको निर्णयका बारेमा गाउँपालिकालाई कुनै जानकारी प्राप्त नभएको डिलासैनी गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले जानकारी दिनुभयो । धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वा्चित हुनुभएको थियो । पछि उहाँले नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नुभएको थियो । 
धामीले नेकपामा प्रवेश गरेपछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले धामीले दल त्याग गरेको बारेमा निर्वाचन आयोगलाई जानकारी गराएको थियो । त्यसपछि आयोगले निर्णय गर्दै डिलासैनी गाउँपालिका–७ मा वडाध्यक्षको पद रिक्त रहेको जानकारी दिएको हो । 
यस्तै डडेल्धुराको परशुराम नगरपालिका–१० की महिला वडा सदस्य जानकीदेवी महराले समेत दल त्याग गरेपछि स्वतः पदमुक्त भएको निर्वाचन आयोगद्वारा जारी सूचनामा उल्लेख गरिएको छ
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video