कृषि/प्रविधि
May 04, 2020
उखु किसानले ४० करोड भुक्तानी पाएनन, चिनी उद्योगका सञ्चालकलाई किन कारबाही हुन्न ?
काठमाण्डौं । बैशाख २२ । उधारोमा उखु दिएबापत  चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी९बर्दघाट–सुस्ता पश्चिम०का उखु किसान मर्कामा परेका छन् ।  तीन  चिनी उद्योगबाट रु ४० करोड बराबरको रकम किसानले पाउनुपर्ने बाँकी भए पनि समयमै  भुक्तानी नभएपछि समस्यामा परेको उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादव बताउनुहुन्छ  । 
समितिका अनुसार वाग्मती चिनी उद्योगले रु २५ करोड, लुम्बिनी चिनी उद्योगले रु १० करोड र इन्दिरा चिनी मिलले रु पाँच करोड बराबरको भुक्तानी दिन बाँकी छ । तीमध्ये वाग्मतीको आर्थिक वर्ष २०७६–०७७, लुम्बिनीको  २०७५–०७६ र इन्दिराको आर्थिक वर्ष २०७५–०७६ मा किसानको उखु खरीद गरेबापतको रकम  भुक्तानी दिन बाँकी देखिएको हो   । 
सबै उद्योगले उत्पादन गरेको चिनी बिक्री गरिसके पनि हालसम्म किसानले भुक्तानी पाएका छैनन् । चर्को व्याजदरमा ऋण लिएर खेती गरेका कारण समयमा भुक्तानी नहुँदा दोहोरो मारमा परेको प्रतापपुर–७ छिवनीका किसान पप्पु गुप्ता बताउनुहुन्छ  । यहाँ चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योगको उत्पादन बन्द छ भने लुम्बिनी  र इन्दिराले चालु आवमा चिनी उत्पादन गर्न सकेका छैनन्  ।   चालु आर्थिक वर्षमा नवलपरासीमा वाग्मतीबाहेक अन्य तीन वटै उद्योगको उत्पादन बन्द छ ।   
चिनी उद्योगले समयमै रकम भुक्तानी नदिने प्रवृत्ति बढ्दै गएकाले सरकारले मूल्य निर्धारण गर्नेक्रममा उद्योगलाई भुक्तानी गर्ने समयावधिसमेत तोक्नुपर्ने प्रतापपुर– ७ झलनीपुरका उखु किसान मदनचन्द्र कोइरीको भनाइ छ । वाग्मती चिनी उद्योगले तत्कालका लागि पेश्कीस्वरुप किसानलाई केही रकम उपलब्ध गराउने जनाएकोे छ ।  सरकारले उखुको मूल्य प्रतिक्विन्टल  रु ४७१ र पैसा २८  यस अगाबै निर्धारण गरिसकेको थियो  ।  वाग्मतीले पहिलो चरणमा  २०७७ असार मसान्तभित्र  प्रतिक्विन्टल  रु ३७१ र पैसा २८ को दरले भुक्तानी गर्ने  र बाँकी आउँदो दशैँसम्म गर्ने तयारी गरिएको महाप्रबन्धक टंकनाथ काफ्लले बताउनुभयो । 
 
पश्चिम नवलपरासीमा सुस्ता , प्रतापपुर, पाल्हीनन्दन र सरावल गाउँपालिकामा उखु खेती गरिन्छ । रामग्राम नगरपालिकाको केही भागमा पनि उखु खेती गरिँदै आएको छ ।   पछिल्लो पटक यस क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका अनुसार चालु आव २०७६– ७७ मा कुल  तीन हजार ६२३ हेक्टर क्षेत्रफलमा एक लाख ७१ हजार ३५० मेट्रिक टन उखु उत्पादन भएको तथ्याङ्क  छ । यसैगरी अघिल्लो आव २०७५÷०७६ मा  कुल तीन हजार ६६८  हेक्टर क्षेत्रफलमा एक लाख ७३ हजार ४९० मेट्रिक टन उखु उत्पादन भएको थियो ।   


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video