समाज
May 04, 2020
लकडाउनमा नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
काठमाण्डौं । बैशाख २२ । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध  भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालनमा आएको र थप पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो ।  
 
गएरातिदेखि अविरल वर्षाका कारण इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान १०ः२० बजे गएको पहिरोका कारण सो सडकखण्ड अवरुद्ध भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड दुईतर्फी रुपमा सञ्चालन गर्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधन राजमार्गमा नै अलपत्र परेका थिए । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video