धर्म/संस्कृति
May 05, 2020
मिति २०७७ साल बैशाख २३ गते मंगलबार, मे ५ तारीख हेरौं राशिफल
काठमाण्डौं । आज मिति २०७६ साल बैशाख २३ मंगलबार । तदनुसार मे ४ तारीख । नेपाल संवत ११४० बछलाथ्व ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शत्रुहरू पनि किनारा लाग्नेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। आज आफन्त र राज्यबाट मान सम्मान पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । ोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ।   

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिष्ठित काम गर्ने समय छ। आफ्नो प्रतिभाको कदर हुनेछ। आज समाजमा हितकोलागि लाभदायक छलफल हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ। नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।
 
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
रोकिएको काम प्रारम्भ हुनेछ। मिहिनेतले जटिल ठानिएको काम पनि बन्नेछ। निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। योजना गोप्य राखेर अघि बढ्नुहोला।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हिम्मतले काम बनाउन सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ । चिताएको काममा सफलता पाइनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।  

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ। आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । सफल र माइलो यात्राको योग रहेको छ । धर्म,कर्ममा मन लाग्नेछ । आयस्रोत अलि कमजोर हुनाले नयाँ काम सुरुवात गर्न समय लाग्ने देखिन्छ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तर्क र कूटनीतिले अवसर दिलाए पनि आत्मसम्मान जोगाउन सजग रहनुपर्ला। आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला कामको सफलताले हौसला जगाउनेछ। अरूका कमजोरीबाट फाइदा उठाउने समय छ। 
 
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा पछिका लागि काम सहज बन्न सक्छ। यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला । सोचेको नतिजा तत्काल प्राप्त नभए पनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
शुभ कार्यको चर्चापनि चल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउला । चिताएको मूल्य प्राप्त नभए पनि आंशिक लाभ अवश्य हुनेछ। 

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि फाइदै हुनेछ। आज नयाँ कार्यको योजना बन्ने वा प्राप्ति हुनेछ । सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । भूमिबाटपनि लाभ नै रहला ।प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। 

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक काममा रुचि बढ्नेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । ेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ।  विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । प्रविधि र संचारको माध्यमबाट दैनिकी सहज हुनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
। काम पूर्ण नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आफूलाई कमजोर भएको अनुभूतिपनि हुनेछ । स्वास्थ्य प्रति सजकता अपनाउन जरूरी छ । गोपनीयतामा अलि ध्यान पुर्याउनुहोला बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video