समाज
May 05, 2020
म्याद गुज्रिएको मैदा सहित पक्राउ परेका मुन्धडा धरौटीमा रिहा
राजेन्द्र महतो लहान   बैशाख २३ गते। बजार अनुगमनको   टोलिले सिराहाको  लहान बजार  बाट२८ बोरा म्याद गुज्रिएको मैदा सहित  पक्राउ  परेका स्थानीय  ब्यापारी  पवन मुन्धडा सोमबार  धरौटी मा रिहा  ePsf छन ।
ब्यापारी  मुन्धडा ३ लाख  रुपैया  धरौटी राखेर रिहा भएको राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रमानन्द गुप्ताले बताए का छ्न।
आइतबार  साँझ सवा ६ बजे म्याद गुज्रेको मैदा बिक्री वितरण भइरहेको प्राप्त सूचनाका आधारमा ईलाका  प्रशासन कार्यालय , घरेलु तथा साना उद्योग कार्यालय र   प्रहरी सहित को   संयुक्त टोलीले  लहान ५ स्थित मुन्धडाको  गोदामबाट ट्रकमा लोड गरिरहेको अवस्थामा म्याद गुज्रिएको  २८ बोरा मैदासहित मुन्धडा इन्टरप्राइजेजका सञ्चालक   पवन  मुन्धडालाई पक्राउ गरेको थियो । 
नेपाल  सरकारले कुनै पनि गुणस्तरहीन, म्याद समाप्ती, बिल विजक नभएका, लेभल नभएका वस्तु ढाँटेर वा झुक्याएर विक्रि वितरण गरेमा २ देखि ३ लाख रुपैयाँ जरिवाना गर्ने कानुनी प्रावधान रहेको  छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video