मध्यपुर अस्पताल पुनःसञ्चालनमा  |  मौसममा सुधार हुँदै जाने  |  सिडियोका सवारी चालकलाईनै कोरोना सङ्क्रमण, कार्यालयका सबै कर्मचारी सेल्फ क्वारेन्टाइनमा  |  गण्डकीमा थपिए ३८, सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो  |  आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल  |  आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन  |  वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने  |  डोटीको क्वारेन्टीनमा आज बिहानै एक युवकको मृत्यु  |  जनता लकडाउनमा, प्रधानमन्त्री ओली गित रचना तिर, सडकबाटै ओलीको रचना रहेको गीति एल्बम विमोचन  |  गाँउपालीकाले सुरुवात गरेको बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै
धर्म/संस्कृति
May 07, 2020
मिति २०७७ साल बैशाख २५ गते विहिबार, मे ७ तारीख हेरौं राशिफल
काठमाण्डौं । आज मिति २०७६ साल बैशाख २५ विहिबार। तदनुसार मे ७ तारीख । नेपाल संवत ११४० बछलाथ्व ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। राज्यबाट मान सम्मान पाइनेछ ।  आज शुभ समाचार सुन्न पाइएला ।सामाजिक र वैदेशिक क्षेत्रको कामपनि अघी बढ्नेछ । तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। आज प्रविधि मार्फत आफन्तसंग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ । भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।आज रोकिएको धन हात पर्ला । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कारपनि पाइनेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।  लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । सुखद् समाचारले उत्साह जगाउनेछ।  ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भयपनि छ । 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ । आज दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । साथीभाइले साथ दिनेछन्।  कला र गलाको प्रभाव बढ्नेछ । बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। 

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा कमाउने वेला छ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ।न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
सानो प्रयत्नले ठूलो काम बन्नेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । घर भित्रको मनोरञ्जनमा सहभागी भइएला । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेको सफलताले पनि हौसला जगाउनेछ। आज सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैँ–झमेलाको अवस्था आउन सक्छ । नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। 

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । पदोन्नतीको सम्भावना छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा नयाँ योजना बन्नेछ ।मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
व्यापारमा सामान्य फाइदा हुनेछ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला। 

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। मेहनत गर्दा भाग्योन्नतिको समय छ। प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । बन्न लागेको काम विग्रिनेछ । रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video