स्थानीय सरकार
May 07, 2020
सिराहाको नरहा गाउँपालिकामा राहत वितरणमा विभेद, राहत दिनुपर्नेबर्गलेनै राहत पाएनन
राजेन्द्र महतो लहान बैशाख २५ गते।विश्व कै महामारी  कोरोना भाइरसको कारण सरकारले घोषणा गरेको लकडाउनको मुख्य मार गरिब, मजदूर, ज्यालादारी गरी खाने, भूमिहीन, सुकुमबासी, साहारा विहीन, जेष्ठ नागरिक, अ’पांगता भएको व्यक्तिहरुलाई बढी परेको छ।
 यद्यपि सरकारले यसरी समस्यामा परेका परिवारलाई उचित राहत वितरण गर्नु भने पनि वास्तविक समस्यामा परेका मानिसहरुले राहत सामग्री पाउन सकेका छैनन्।
लकडाउनको डेढ महिना बितिसकेपछि बल्लतल्ल  सिरहाको नरहा गाउँ पालिका ले  राहत वितरण गर्दा पनि त्यसमा समेत विभेद भएको छ। मंगलबार देखि  शुरु  भएको नरहा गाउँपालिका को  राहत बितरण कार्यक्रम मा  धनी ले राहत  पाएका छन भने गरीब  तथा  विपन्न ले आशवाशन पाई रितो हाथ घर फर्केका छ्न।बुधबार सिरहाको नरहा गाउँ पालिका  वाडा नम्वर (५मा  गरिएको  राहत बितरण मा स्थानीय  दैनिक ज्यालादारी काम गर्ने, गरिब, दलित  तथा विपन्नवर्गका  परिवारले राहत नपाएपछि निरास भएर आक्रोसित भएका छ्न।
 राहत वितरणको क्रममा आसेपासे   तथा राजनितिक हिसावले विभेद गर्दै जग्गा जमिन ,  हुने खाने   तथा  समपन्न लाई राहत वाडिएको छ भने दैनिकी ज्यालादारी , गरीब , बिपन्न बर्गका   परिवार हरुले  राहत नपाएको स्थानीयले बताएका छ्न।
 नरहा  गाउपालिका  (५का एक महिलाले  राहत  नपाए को भन्दै वैदेशिक रोजगारमा  ३ (३ व टा छोरा  गएका हरुले राहत  पाए ।मेरो नाम संकलन गरेपनि मलाई छाडिदिए । आफु राहत किन नदिएको भन्दै  राहत  बितरण भएको  ठाउँ मा अध्यक्ष र वाडा अध्यक्ष  लाई   सोध्दा राहत  छुटेका लाई  अगामी  दिनमा दिने भने पछि निराश भएर रितै घर घुमन वाध्य भएको बताइन ।अर्को  एक महिलाले आफू दैनिक  ज्याला दारी रहेको   भन्दै  आफू पनि राहत नपाए को, अव आफनो जिवन तथा छाक कसरी टाल्ने भन्ने सोचमा रहेको वताईन् ।
 नरहा गाउँ पालिका मा अहिले राहत वितरणको काम जारी रहेको छ तर यसमा पनि काखा पाखा भएको। देखिन्छ। राहत गरिब विपन्न परिवारलाई छाडेर धनि मानिसलाई नै दिने गरेको स्थानियले रिपोर्टिङ  गर्न गएको  पत्रकार  समक्ष नै अध्यक्ष  लाई आरोप लगाए ।  एक जनाले आक्रोश पोख्दै अध्यक्ष लाइनमा  भने हाम्रो  नाउँ  कसरी छुटयो  , हुने खाने ले राहत  लिएर गयो हामी भोकै मर्नु ।त्यस्तै राहत लिन पुगेका अर्का  ब्यक्ति  समेत विना राहत नलिएर घर फर्केका छन् । यता  गाउँपालिका अध्यक्ष  राम शरण  यादव ले  अब हामीले के गर्ने , कर्मचारी  र वडाअध्यक्ष हरुले  डाटा संकलन गरेर  ल्याएको  हो ,त्यसै लाई निर्णय  गरेर राहत  वितरण गर्यौ।अब छुटेका  लाई  फेरि निर्णय गरेर राहत दिन्छौं  बताएका छ्न।  राहत पाएका हरुको नाम लिस्ट  अध्यक्ष  संग माग्दा अहिले  हामी दिदैनौ, अहिले  वार्ड न ४ मा ४१९ र वार्ड न ५ मा ४११ बुझ्नुस भनेर  मिडिया समक्ष वोल्न हिच्कीचाहट गरे । सो वडा का वडाध्यक्ष हुकुम देव यादव  ले वितरणमा कुनै प्रकारको विभेद नभएको दावी गर्दै राहत वितरण  गरेको  बताएका छ्न।कर्मचारी लाई  सोध्दा डाटा संकलन गर्न जादा  हामी  राहत  पाउदैनौ के नाम लेखाउनु , नाम लेखाउन नमान्दा जसो तसो हा मी  डाटा संकलन कार्य  समपन्न  गरेको  बताएका छ्न । 
राहत बाँड्दा बाँड्दै स्थानीय तहको ढुकुटी रित्तियो तर वास्तवीक पिडितले नपाएको गुनासो जस्ताकै त्यस्तै । के साचीकै पिडितले राहत पाएन त रु 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video