समाज
May 07, 2020
अन्तर्राष्ट्रिय अम्पायर परीक्षामा नेपालबाट ३ जना उत्तीर्ण
काठमाडौं, बैशाख २५ गते । अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) अन्तर्राष्ट्रिय अम्पायर परीक्षामा नेपालबाट ३ जना उत्तीर्ण भएका छन् ।
उत्तीर्ण हुनेमा मोरङका विकेन थापा र राजेश भट्टराई तथा काठमाडौंका नरेश रावल रहेको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । आईटीटीएफले नेपालबाट १७ जनालाई अनलाइन परीक्षामा सहभागिताको अवसर दिएकोमा तीन जना मात्र उत्तीर्ण भएका हुन् । ५० पूर्णाङ्कको उक्त परीक्षामा विकेन र राजेशले समान ४०–४० अंक प्राप्त गरे । उत्तीर्ण हुन ३८ अंक चाहिनेमा नरेशले त्यत्ति नै अंक ल्याए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video