समाज
May 08, 2020
हात्तिडाँडा समाजले यसरी मनायो २५६४ औं बुद्द जयन्ती
काठमाण्डौं । बैशाख २६ । काठमाडौंको गोठाटार स्तित हात्तीडाँडा समाजले २५६४ औं बुद्द जयन्ती विश्व माहामारीको रूपमा रहेको कोरणा भाईरस ९कोभिड (१९० रोग विरूद्दको लडाईमा घर परिवार नभनि र रोगको प्रवाह नगरी अग्रभागमा सेवा गरी रहेका पेशाकर्मी र स्वंयसेवीहरूमा समर्पित गर्दै उहाँहरूको सम्मान एवं प्राहोत्सान गर्रदै, कोरोना रोगबाट संक्रमितहरूको स्वास्थ्यलाभको कामना गर्दै र कोरोनाका कारण मृत्यु वरण गरेकाहरूको आत्माशान्ति कामना गरि साँझ ७ वजे दिप प्रज्वलन गरि मनाईयो ।
नेपाल सरकारले आग्रह गरे वामेजिम समाजका सदस्यहरूले सामाजिक दुरी कायम गरी समाज भित्र रहेको खुल्ला क्षेत्रमा नेपालको झण्डा अंकित नक्शा बनाई मैनवत्ती प्रवज्वलन गरी वुद्द जयन्ती मनाएका छन् ।

दिप प्रज्वलन कार्यक्रमको शुभारम्भ गर्दै समाजका अध्यक्ष गणेश थापाले भन्नु भयो भगवान् गौतम वुद्द नेपाल र नेपालीको मात्र नभएर ुविश्व विचार र सत् चरित्रको मुहानु भएकाले गौतम वुद्दको विचार, चरित्र र दिव्यउपदेश नेपालको सम्पतीका रूपमा भएकाले यसको संरक्षण र प्रवर्दनमा जोड दिनु पर्ने र वुद्को बारेमा कुप्रचार गर्नेहरूसँग सजग हुनुपर्ने बताउनु भयो ।

नेपालमा महामारीका रूपमा कोरना नफैलनु एक मात्र कारण भनेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारको उच्च भुमिकाकै कारण भएकाले उहाँहरूलाई साथ दिन सवै नागरिकलाई आग्रह गर्नु भयो ।
 
महासचिव अधिवक्ता राजु कटुवालको संचालन तथा ई ब्लकका संयोजक तथा सिभिल बैकका कम्पनी सचिव हिराकाजी वस्नेतको संयोजनमा भएको दिप प्रवज्वलन कार्यक्रम हात्तिडाँडा समाजकै अङ्ग साथी समुहको संयोजक तथा काठमाडौं जिल्ला कोरोना रोग विरूद्दको संम्यत्रको फोकल पर्सन जन स्वास्थ्य नर्स पार्वती विष्टको जिम्मेवारीको वारेमा कुरा गर्दै कोरोना रोग विरूद् उहाँले गरेको योगदानको चर्चा उच्च सम्मानका साथ प्रसंशा गरीएको थियो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video