समाज
May 08, 2020
सिरहामा ट्रकको ठक्करबाट महिलाको मृत्यु
राजेन्द्र महतो लहान   बैशाख २६ गते।पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको  गोलबजार नगरपालिका–४  मैनाबत्ति पुलमा ट्रकको ठक्कर बाट  बिहीबार   एक महिलाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आइरहेको ना. ५ ख. ३३०९ नम्बरको ट्रकले  ठक्कर दिँदा  साइकल यात्रु धनगढीमाई नगरपालिका–१० की ३५ वर्षीया विन्दा साफीको घट्नास्थलमै  मृत्यु भएको हो । 
साइकलमा सबार साफी विष्णुपुर गाउँपालिकामा आफन्तकोमा गइरहेका बेला मैनाबत्ति पुलको बीचमा एकैपटक दुईवटा ट्रक आउँदा डराएर साइकल अनियन्त्रित भएपछि साइकल ट्रकमा ठोक्किएको  ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरिले बताएका छ्न । ट्रक र चालकलाई नियन्त्रणमा लिएको  प्रहरीले बताएका छ्न।शव पोष्टमार्टमका लागि अस्पताल लहानमा राखिएको छ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video