हवाइ इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले भाडा घटायो  |  मिति २०७७ साल जेष्ठ २३ गते शुक्रबार, जुन ५ तारीख हेरौं राशिफल  |  नेपालीलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा  |  निकाद्धारा शैक्षिक परामर्श व्यवसायीलाई अति प्रभावित क्षेत्रमा सुचिकृत गरी सुहलियत ऋण वा पुनरकर्जाको सुविधा दिन माग  |  ‘अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि’  |  थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने  |  बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष  |  बन्दाबन्दी खुकुलो पारेर आर्थिक चलयमान गर्नुपर्ने सुझाव  |  राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने  |  बन्दाबन्दीले राजश्व सङ्कलन प्रभावित
शिक्षा /स्वास्थ्य
May 08, 2020
दैलेखका दुई अस्पतालमा आए स्वास्थ्य सामग्री
दैलेख,  वैशाख २६ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँबाट पचास पिपिई, दुई हजार पाँच सय सर्जिकल मास्क, दुई थर्मल गन र बिस लिटर सेनिटाइजर स्वास्थ्य कार्यालय दैलेखमा पठाइएको छ । यसअघि पचास गाउन, पाँच पिपिइ र एक थर्मल गन मन्त्रालयबाट दैलेख आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा निरञ्जन पन्तले बताउनुभयो । कोरोना संक्रमणको त्राससँगै स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री अभाव भएको भन्दै लकडाउन शुरु हुनुभन्दा अगावै मन्त्रालयमा सामान मगाउने काम भएको भए पनि उचित सम्बोधन हुन सकेको थिएन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता विष्णु रिजालले मन्त्रालयमा समन्वय गरिदिएपछि स्वास्थ्य कार्यालयमा यी सामग्री आएको बताइएको छ । दैलेखमा पर्याप्त स्वास्थ्य उपकरण नभएको र भारतलगायत तेस्रो मुलुकबाट जिल्ला भित्रनेको सङ्ख्या बढ्दो छ । पछिल्ला दिनमा उद्धारका नाममा भित्रनेको सङ्ख्या पनि धेरै छ । सुरक्षा सामग्रीको तत्काल आवश्यकता महसुस भएपछि नेकपाका केन्द्रीय सदस्य तथा पार्टी विदेश विभाग उपप्रमुख रिजालले दुई साताअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट गरी दैलेखको समस्या सुनाउनुभएको थियो । स्वास्थ्य मन्त्रालयमार्फत स्वास्थ्य कार्यालय दैलेखमा सामान पठाउन सहजीकरण गर्नुभएका रिजालले आफूले व्यक्तिगत लगानी र काठमाडौँमा रहेका विभिन्न निकायसँग सहयोग मागेर दैलेख क्षेत्र नं २ स्थित दुल्ल अस्पतालमा छ हजार सर्जिकल मास्क, पाँच ज्वरो नाप्ने थर्मल गन, पाँच सय सर्जिकल ग्लोब्स, बीस लिटर ह्याण्ड सेनिटाइजरलगायत सामग्री दुल्लुमा पठाएको दुल्लु अस्पतालका डा पूजा बिसीले जानकारी दिनुभयो । रिजालले काठमाडौँबाट पठाएको स्वास्थ्य सामग्री अस्पतालमा आइपुगेको डा प्रशान्त चौलागाईँले बताउनुभयो । भैरवी गाउँपालिका निवासी रिजालले दैलेखका बासिन्दाको स्वास्थ्योपचारमा थप प्रभावकारिता होस् र स्वास्थ्यकर्मीलाई जनताको उपचार गर्न सामग्री अभावले समस्या झेल्नु नपरोस् भन्दै सामग्री पठाइएको प्रतिक्रिया बताउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video