कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द  |  वडाध्यक्ष धरौटीमा रिहा  |  मिति २०७७ साल साउन २९ गते विहिबार, अगष्ट १३ तारीख हेरौं राशिफल  |  ‘स्विफ्ट टटल’ पुच्छे ताराका कारण आज रातिदेखि उल्का वर्षा  |  कोरोनाको कारण आज देशैभर ४८४ जना संक्रमीत, काठमाण्डौं उपत्यकामा मात्र १३८ संक्रमीत भेटीए  |  बल्खुबाट खोलामा खसेका कान्तिपुरकर्मी पत्रकार बानियाँको सब हेटौडामा भेटीयो, यसरी भएको थियो घटना  |  साँखुमा तीन कोरोना सङ्क्रमित  |  आइसोलेशनलाई विद्यालयबाट स्थानान्तरण गरिने
अपांगता/अल्पसंख्यक
May 10, 2020
लकडाउनमा अपांगता भएका व्यक्तिलाई छाँया नेपालको सहयोग
रौतहट । बैशाख २८ । बिश्व अहिले करोना भाईरसले आक्रान्त बनेको छ। लाखौंले ज्यान गुमाइसकेका छन्। अझै लाखौ ज्यान करोनाको प्रकोप संग लडिरहेका छन्। हाम्रो देश नेपालमा पनि संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। देशमा संक्रमित अहिले सम्म १०९ जनामा संक्रमन देखिएको छ भने ३१ निको भई घर फर्किएका छन्। भाइरसलाई थप फैलन नदिनका लागि   सरकारले लकडाउनको घोषणा गरी पटक पटक सो लकडाउन लम्बाउने कार्य गरेकोछ। यसै संगै मुलुकको आर्थिक अवस्था पनि खस्दै गएको छ। मजदुर बिपन्नको जीवन शैली पिडादायी र कष्टकर बन्दै गएको स्थित छ। त्यसमा पनि अपाङ्गता भएका व्यक्तिहरू अवस्था झन् कष्टकर बनेको छ ।यसै संगै स्थानीय सरकार देखि एनजीओहरूले राहत र सहयोग गर्न लागि परेका छन्। 
Image may contain: 2 people, people standing, wedding, plant, sky, tree, outdoor and nature
काठमाण्डौंमा रहेको छाँया नेपाल नामक गैरसरकारी संस्थाले त्यस गाउँपालिकाभित्रका सबै अपांगता भएका व्यक्ति र चुल्हो बल्नै गाह्रो परेका अति विपन्न परिवार छनौट गरी जम्मा ५२ परिवारलाई खाद्यान्न उपलब्ध गराएको हो । राहतमा एक परिवार बराबर ३० किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ पोका नुन, एक थान झुल र एउटा डिटोल साबुन प्रदान गरिएको  छा या नेपाल का कार्यकारी निर्देशक कमल थापाले जानकारी दिए । सहयोगी संस्था छायाँ नेपालका प्रतिनिधि राजेश साह, चन्द्रनगर गाउँपालिकाका  वडा अध्यक्ष, सामाजिक अभियन्ता शिवनाथ राउत  तथा  स्थानीय भद्रभलादमीको रोहबरमा राहत लिन आउन सक्नेहरुलाई बबरगञ्जमा जम्मा पारेर र त्यहाँ आउन नसक्नेलाई घर–घरमै पुगेर वितरण गरिएको हो । छाया नेपालले यस अघि  पोखरा, काठमाडौंको गोंगबु , बुढानिलकण्ठ, चन्द्रागिरी, तारेभीर लगायतका विभिन्न स्थानमा राहत बितरण गरेको थियो । 
Image may contain: 1 person, sitting and outdoor
xc


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video