शिक्षा /स्वास्थ्य
May 11, 2020
नेपालमा कोरोनाका थप १० संक्रमीत भेटीए,सङ्क्रमितको सङ्ख्या १२० पुग्यो
काठमाण्डौं । बैशाख २९ । नेपालमा आज थप १० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमा कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि गाउँपालिकाको वडा ७ र १० निवासी रहेका छन् ।  
सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितहरू १८ देखि ३४ वर्षसम्मका रहेका छन् । एक जनाको उमेर नखुलेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ । हालसम्म सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video