धर्म/संस्कृति
May 12, 2020
मिति २०७७ साल बैशाख ३० गते मंगलबार, मे १२ तारीख हेरौं राशिफल
काठमाण्डौं । आज मिति २०७६ साल बैशाख ३० गते मंगलबार । तदनुसार मे १२ तारीख । नेपाल संवत ११४० बछलाथ्व ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिश्रमले धेरैको मन जित्न सकिनेछ। दिउँसोदेखि दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। आज जोश जाँगर र हिम्मत वढ्नेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा चल्नेछ । तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। 

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सानोतिनो समस्याले अल्झाउनेछ । आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमापरि काम विग्रिएला । दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। सरकारी निकाएको भयपनि रहनेछ । अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। स्वास्थ्य पनि प्रतिकूल रहनेछ। 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। बुद्धि, बिबेकले परिस्थिति अनुकूल बनाउन सकिनेछ। आज चिताएको कामले तीव्रता लिनेछ । व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ।     

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
महत्वपुर्ण काममा जग बसाउने मौका जुट्नेछ। आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। दिउँसोदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भूमि तथा पशुधनबाट मनग्य फाइदा मिल्ने छ । रोकिएका व्यापार व्ययबसाय विस्तारै सुचारु हुन सक्छ । हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। 

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्तहरू टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
 
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
रोकिएका काम बन्नेछन्। बुद्धिको उपयोगले दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ।  फाइदा उठाउन सकिनेछ। धर्म, कर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । शुभकार्यको योजना हुनेछ । साँझमा पैसा खर्च बढ्नेछ । अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अनायासै प्राप्त हुने आकर्षक उपहारले मनमा उत्साह जगाउनेछ। आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिएला । दाम्पत्य जीवन सुखमय नै रहनेछ ।  
सोख र हडबडीले केही समस्या निम्त्याउन सक्छ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। दिउँसोदेखि परिस्थिति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ योजना थाल्ने समय आएको छ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। स्वास्थप्रति सजक रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नेछ । खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। 

कुम्भ  गु, गे, गो, सा, सि, सु, से, सो, द
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। मंगल कार्यको योजना बन्नेछ । कृषि कार्यमा सहभागी भईएला । नयाँ रोजगारको अवसरले पछ्याउनेछ । स्वादिष्ट खानेकुरापनि मिलनेछ । मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। 

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। आज शुभकार्यको चर्चा चल्नेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।  अनुहारमा कान्ति र मनमा शान्ति छाउला । सफलता र उपहार पाइने सम्भावनापनि छ । विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video