दुई अर्ब लागतमा कागज उद्योग स्थापना गर्ने प्रदेश ३ सरकारको तयारी  |  नेकपा सचिवालय बैठक जारी  |  पुर्व राष्ट्रपतिद्धारा जिपी कोईराला फाउण्डेसन एसिया प्यासीफीक क्षेत्रीय संयोजक थापामगर सम्मानीत  |  ‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’  |  मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री
विचार/अन्तरवार्ता
Jul 25, 2017
मेरो भोगाई पछिको कर्मचारी यूनीयन
                                                    केशवप्रसाद चौलागाई 
विक्रम सम्बत् २०५२ सालमा ॐ नर्सिङ होममा औपचारिक रुपमा प्रवेश गरेसँगै मानव सेवा नै उत्कृष्ट सेवा रहेछ भन्ने तथ्यलाई नजिकैबाट बुझ्न पाएँ । विभिन्न प्रकारका रोगबाट ग्रसित भएर अस्पताल आएका बिरामीहरु जब स्वास्थ्य उपचारपछि हाँस्दै–हाँस्दै घर फर्कन्थें, त्यतिबेला मलाई पनि स्वास्थ्य सेवा जस्तो पवित्र क्षेत्रमा आबद्ध हुन पाएकोमा गौरव महसुश हुन थाल्यो । ॐ नर्सिङ होम, ॐ हस्पिटल तथा रिसर्च सेन्टरमा बदलिएको जीवन्त इतिहासको साक्षी रहँदै म लगातार आफनो कर्म मार्फत् मानव सेवामा समर्पित हुँदै आएको छु । साँच्चै जीवन सोचें जस्तो हुँदो रहेनछ । सबैले आफनो जीवन सुखमय तरिकाले बिताउन चाहन्छन्, विपत्ति कसैले चाहँदैन । म पनि यसमा अपवाद थिइँन । तर मेरो जीवनमा पनि हठात् ठूलो विपत् आइलाग्यो । विक्रम सम्बत् २०६० साल भदौ १४ गते मलाई ॐ अस्पतालबाटै राज्यपक्षद्धारा बेपत्ता पारियो । तर कर्मचारी बेपत्ता हुँदा पनि म कार्यरत हस्पिटलले कुनै चासो देखाएन । मैले आफनो जवानीको सबैभन्दा उर्जाशील समय बिताएको संस्था म बेपत्ता हुँदा पनि मौन रहनु वास्तवमै ठूलो बिडम्बनाको विषय थियो । चरमद्धन्द्धको समयमा परिवारबाट पूर्ण अलग हुने गरी बेपत्ता पारिँदा म अत्यन्त ठूलो मानसिक यातनाबाट गुज्रिएँ । सोही दिन  गर्भावस्थामा रहेकी मेरी श्रीमति (प्रभा) लाई अस्पतालमा भर्ना गरिएको थियो । तपाईहरु आफैं कल्पना गर्न सक्नुहुन्छ म उक्त समयमा कति वेदनामा थिएँ होला । यति हुँदा पनि म माथिको बज्रपातको शृङखला भने रोकिएन । न्यूनतम मानवीय संवेदनलाई पनि ख्याल नगरी अस्पताल व्यवस्थापन पक्षले मलाई सेवाबाट हटाउने निर्णय ग¥यो । आम सञ्चार माध्यम, कानून व्यवसायी तथा नागरिक समाजको सार्थक पहलकदमीका कारण म ६ महिनापछि शकुशल रिहा भएँ र पुन अस्पतालमा नै फर्किए । यस अवधिमा मैले बुझेको एउटा महत्वपूर्ण तथ्य के हो भने साहुजी कहिल्यैं पनि श्रमजीवी मजदूरका पक्षमा हुँदैनन् । मजदूरलाई अप्ठ्यारो पर्दा मजदूर संगठन नै चाहिन्छ, स्वतन्त्र टे«ड यूनीयनको कुनै विकल्प छैन । यही तथ्यलाई आत्मसात गर्दै २०६३ सालमा निजी अस्पतालहरु मध्येमा नै पहिलो पटक ओम अस्पतालमा प्रतिष्ठान स्तरको कर्मचारी युनीयन गठन गरियो । पहिलो कार्य समितिमा उपाध्यक्षको भूमिका निर्वाह गरेपनि त्यसपछिका सबै कार्य समितिमा अध्यक्षमा निर्वाचित भई आम कर्मचारीहरुको हक हितका लागि काम गर्दै आएको घाम जत्तिकै छर्लङगै छ । संस्थाको बृहत्तर हित तथा विसंगती विरुद्ध मेरा बुलन्द आवाज अहिले पनि जारी नै छ । बदलिँदो जीवनशैलीमा आम कर्मचारीहरुको स्तर उकास्न म सधैं प्रतिबद्ध रहेको छु । यस अस्पतालमा जस्तै अन्य अस्पतालमा पनि श्रमजीवी कर्मचारीहरुको हक हितका लागि प्रतिष्ठान खोल्न मैले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छु । श्रमजीवीको पक्षमा अहोरात्र अटिने क्रममा हाल राष्ट्रिय संघ यूनिफिमको उपाध्यक्षको जिम्मेवारी वहन गरिरहेको यहाँहरुलाई सर्वविदितै छ । श्रमजीवीहरुको सुख दुखमा साथ दिने क्रममा कुनै प्रलोभनमा नपरी ओम अस्पताल कर्मचारी युनीयनलाई सधैं कर्मचारीको हितमा नै हुने गरी नेतृत्व प्रदान गर्दै आएको छु । तर केही कर्मचारी साथीहरु पर्दा भित्रको खेलमा व्यवस्थापन पक्षको गोटी भईदिनाले चाहेर पनि समग्र कर्मचारीको हितमा केही महत्वपूर्ण काम गर्न सकिएको छैन । कर्मचारीबीचको अभूतपूर्व एकता बिथोल्ने हेतुले व्यवस्थापन पक्ष भने सबल नेतृत्व पाखा लगाउन क्रियाशील रहेको वर्तमान अवस्थामा आफनो विवेक प्रयोग गरी श्रमीक कर्मचारीहरुको हितमा काम गर्ने नेतृत्व चयन गर्न अमूल्य योगदान दिनु हुनेछ भन्ने विश्वास लिएको छु । 

(चौलागाई ओम हसिप्टल एण्ड रिसर्च सेन्टर कर्मचारी यूनीयनका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।) 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video