हवाइ इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले भाडा घटायो  |  मिति २०७७ साल जेष्ठ २३ गते शुक्रबार, जुन ५ तारीख हेरौं राशिफल  |  नेपालीलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा  |  निकाद्धारा शैक्षिक परामर्श व्यवसायीलाई अति प्रभावित क्षेत्रमा सुचिकृत गरी सुहलियत ऋण वा पुनरकर्जाको सुविधा दिन माग  |  ‘अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि’  |  थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने  |  बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष  |  बन्दाबन्दी खुकुलो पारेर आर्थिक चलयमान गर्नुपर्ने सुझाव  |  राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने  |  बन्दाबन्दीले राजश्व सङ्कलन प्रभावित
शिक्षा /स्वास्थ्य
May 12, 2020
ज्यान मार्ने धम्कीपछि स्वास्थ्यचौकी बन्द
काठमाण्डौं । बैशाख ३० । खजुरा गाउँपालिका–७ सोनपुरस्थित स्वास्थ्यचौकीमा ताला लगाइएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ज्यान मार्ने धम्कीपछि स्वास्थ्यचौकी बन्द गरिएको हो । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि यसअघि स्वास्थ्यकर्मी र कर्मचारीले प्रहरीसँग सुरक्षा माग गरेका थिए ।
उनीहरुले कर्मचारीलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्नेसम्मको धम्की दिएको र कार्यालयमा आई कर्मचारीमाथि अभद्र व्यवहार गरेको स्वास्थ्यचौकी इञ्चार्ज सुदीप पौडेलले बताउनुभयो । कार्यालय परिसरमै आएर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ज्यान मार्ने धम्की दिएपछि आजदेखि स्वास्थ्यचौकी बन्द गरिएको छ ।
कार्यालय परिसरमै आएर ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वातावरण नभएकाले सुरक्षाको प्रत्याभूति दिलाउन धम्की दिनेमाथि कानूनी कारवाही गर्न यसअघि इलाका प्रहरी कार्यालय धनौलीमा लिखित निवेदन दिइएको थियो । चौकी इञ्चार्ज पौडेलका अनुसार स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई स्वास्थ्यचौकी मै जन्मेको प्रमाणीकरण गरिदिन दवाब दिएपछि उक्त दवाब आफूले अस्वीकार गर्दा भाटसहितका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । वैशाख २६ गते स्वास्थ्यचौकीमा प्रसूति गराउन आएकी रफी भाटकी श्रीमतीलाई स्वास्थ्यचौकीका कर्मचारीले सुत्केरी व्यथा नलागेको भन्दै घर फर्काएका थिए । घरमै सुत्केरी भए पनि स्वास्थ्यचौकीमै शिशु जन्मिएको प्रमाणीकरण हुनुपर्ने भाटको माग अस्वीकार गर्दा उनको समूहले कार्यालयमा आएर कर्मचारीमाथि दुव्र्यवहार गर्नाका साथै ज्यान मार्ने धम्की दिएको थियो । 
कोरोना भाइरसको संक्रमणका आशंकामा स्वास्थ्यकर्मीले धमाधम स्वाब संकलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्यचौकीको सेवा प्रभावित भएको छ ।  इप्रका धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक प्रहरी पोषणराज थपलियाले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।   


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video