हवाइ इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले भाडा घटायो  |  मिति २०७७ साल जेष्ठ २३ गते शुक्रबार, जुन ५ तारीख हेरौं राशिफल  |  नेपालीलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा  |  निकाद्धारा शैक्षिक परामर्श व्यवसायीलाई अति प्रभावित क्षेत्रमा सुचिकृत गरी सुहलियत ऋण वा पुनरकर्जाको सुविधा दिन माग  |  ‘अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि’  |  थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने  |  बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष  |  बन्दाबन्दी खुकुलो पारेर आर्थिक चलयमान गर्नुपर्ने सुझाव  |  राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने  |  बन्दाबन्दीले राजश्व सङ्कलन प्रभावित
शिक्षा /स्वास्थ्य
May 13, 2020
निदान अस्पतालको मुख्य ढोकामा सिलबन्दी
काठमाडौँ, वैशाख  ३१   आरोग्य फाउण्डेशनमा कार्यरत एक महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएसँगै निदान अस्पतालको मुख्य गेटमा सिल गरिएको छ । सङ्क्रमित युवती अस्पतालमा गएर विभिन्न व्यक्तिसँग भेटेको हुनसक्ने आशङ्कामा अस्पतालमा सिल गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । आरोग्य फाउण्डेशन र निदान अस्पताल एउटै गेटभित्र रहेकाले मुख्य गेटमा नै सिलबन्दी गरिएको हो । दुवै संस्थाको पार्किङ र चमेनागृह एउटै पाइएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो । बिहान झण्डै ११ बजेदेखि प्रहरीले अस्पतालमा रहेका स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी, कुरुवालगायत कसैलाई पनि भित्रबाट बाहिर निस्कन दिइएको छैन । स्वास्थ्य सेवा विभागको टोलीले ‘कन्ट्रयाक ट्रेसिङ’ शुरु गरिसकेको छ । उहाँले भन्नुभयो, “सङ्क्रमितको संसर्गमा नगएकालाई विस्तार पठाउन सकिन्छ ।” अहिले पनि भित्र संसर्गमा आएको हुनसक्ने सम्भावित व्यक्ति र अरुलाई छुट्याएर राखिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । दुवै संस्थामा गरी झण्डै ३०० व्यक्ति रहेको प्रहरीले जनाएको छ । भक्तपुरकी ती युवतीमा मङ्गलबार सङ्क्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video