समाज
May 13, 2020
डियुटीमा रहेका सेनाको फोटो खिच्न खोज्दा सैनिकद्धारा पत्रकार कुटिए
राजेन्द्र महतो । लहान  बैशाख ३१ गते।सिरहामा फोटो खिच्ने एक पत्रकारलाई  नेपाली  सेना टोलीले दुर्ववहार सहित कुटपिट गरेका छन।
सिरहा  न। पा मा पत्रकार बद्री नारायण यादवले लकडाउन पालना गराउन खटिएका नेपाली सेना टोलीको फोटो खिच्न लाग्दा  उनलाई सेनाले  कुटपिट गरेको हो । आफू पत्रकार भएको र लकडाउन पालना गराउन सेना खटिरहेको दर्शाउन फोटो खिच्दा सेनाले दुर्ववहार र कुटपिट गरेको पत्रकार यादवले बताएका छन।
घटना  बारे  नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवले अग्रमोर्चामा खटिने पत्रकारमाथि दुर्ववहार र कुटपिट हुनु निन्दनिय भएको बताउदै  सञ्चारकर्मीप्रति सुरक्षा निकाय संवेदनशील बन्नुपर्ने  बताएका छ्न। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video