हवाइ इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले भाडा घटायो  |  मिति २०७७ साल जेष्ठ २३ गते शुक्रबार, जुन ५ तारीख हेरौं राशिफल  |  नेपालीलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा  |  निकाद्धारा शैक्षिक परामर्श व्यवसायीलाई अति प्रभावित क्षेत्रमा सुचिकृत गरी सुहलियत ऋण वा पुनरकर्जाको सुविधा दिन माग  |  ‘अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि’  |  थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने  |  बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष  |  बन्दाबन्दी खुकुलो पारेर आर्थिक चलयमान गर्नुपर्ने सुझाव  |  राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने  |  बन्दाबन्दीले राजश्व सङ्कलन प्रभावित
शिक्षा /स्वास्थ्य
May 14, 2020
आज एक बालिकासहित सात जनामा कोरोना सङ्क्रमण,सङ्क्रमितको सङ्ख्या २५० पुग्यो
काठमाण्डौं । जेष्ठ १ । नेपालमा सात जना कोरोना सङ्क्रमित थपिएका छन् । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना सङ्क्रमित थपिएका हुन् । यो सँगै सङ्क्रमितको सङ्ख्या २५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण क्रममा बिहीबार नयाँ सात जनामा सङ्क्रमण देखिएको बताउनुभयो । 
सङ्क्रमित देखिएका व्यक्ति काठमाडौँ चन्द्रागिरि नगरपालिकाका ३२ वर्षीय पुरुष, कपिलवस्तुका छ वर्षीया बालिका, सर्लाही धान्कोल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, धनुषाकै मिथिला नगरपालिकाका २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिकाका १६ वर्षीय पुरुष, महोत्तरीकै बलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको प्रवक्ता डा अधिकारीले बताउनुभयो ।
 
आज देखिएका सङ्क्रमितहरुमा एक बालिकासहित दुई महिला र पाँच पुरुष छन् । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video