विचार/अन्तरवार्ता
May 14, 2020
सिमा अतिक्रमण र यसका समस्या
देवेन्द्र मिश्र इ स१८१६ मा नेपाल र ब्रिटिश इण्डिया सित बर्तमान नेपालको सिमा निर्धारण हुने गरि सुगौली सन्धि भयो। सुगौली सन्धि अघाडी ग्रेटर नेपाल को सिमा पुर्बमा टिस्टा र पस्चीममा सतलज सम्म भुमि थियो भने उत्तर र दक्षिणमा कहा सम्म थियो यसको उल्लेख कहि पनि हुदैन किन?जबकि सबै लाइ थाहा छ कि उत्तर मा हिमाल र दक्षिणमा गंगा नदी सम्म नेपाल को सिमाना थियो।
सिमा बिबाद मात्र पहाडमा नै होइन मधेशमा प्रायः भइरहेको हुन्छ। भर्खरै बारा जिल्लामा नेपाल र भारतका स्थानीय जनता बिच मारपीट भएको सबैलाइ थाहा नै छ। यो भन्दा पहिले सप्तरी , पर्सा, नवलपरासी आदि जिल्लाहरुमा झडप भएको थियो।दुबै तिर बाट खेती को जग्गा अतिक्रमण भएको हुन्छ र त्यसलाई दुबै तिर को प्रशासन र भद्र भलादमी ले समस्या समाधान गर्ने गर्छ ।तर यसलाई कसैले राष्ट्रबाद को मुद्दा बनाउदैन किन?
नेपाल सरकारको नाक मुनि महाकाली नदीको मुहान को सिमा बिबाद चल्दा चल्दै भारत को सेना कालापानी मा हुनु र लिपुलेक मा बाटो बनाउदा समेत थाहा न हुने सरकारको राष्ट्रबादी प्रेम नाङ्गिएको स्पष्ट हुन्छ। नेपाल सरकार ले सिमा बिबाद समाधान गर्न भारत समक्ष स्पष्ट प्रमाण जुटाइ अडान साथ कुरा राखि कुटनीतिक समाधान खोज्नु पर्छ। त्यसमा हामी नेपाली साथ हुनेछौ। यसको सट्टा टनकपुर सम्झौता जस्तै जनता लाई सडक मा मार्न लगाउने रआफु मिलो मतो गरि सम्झौता गर्ने,अब यो हुदैन।
१८१६को सुगौली सन्धि ले सबभन्दा बढी दुखद अबस्था मा पुग्यो मधेश,जसको चर्चा समेत हुदैन नेपाल तथा भारतमा। सुगौली सन्धि टेबुल माथि ब्रिटिश इण्डिया को नक्शा राखेर तत्कालीन नेपाल र भारतका शासक ले एउटा कलम द्वारा रेखा तानेर मधेश राज्यलाई दुई टुक्रा मा बाटिदियो, मधेश को चालिस प्रतिशत भुभाग नेपाल मा र साठी प्रतिशत भारत मा गयो। हामी हेर्न सक्छौ मधेश का धेरै जसो सिमामा भएका गाउहरु आधि भारत मा छन् भने आधि नेपाल मा ,र यस्को यहाँ का बासिन्दाहरु को आफ्नै समस्या छ जो नेपाल सरकार लाई थाहा छैन।
जय मातृभूमि। इनक्लाब जिन्दाबाद।
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video