समाज
May 14, 2020
भिक्षु ज्ञानपूर्णिकको सघनकक्षमा उपचार गरिँदै
काठमाण्डौं । जेष्ठ १ । सङ्घनायक डा भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको सघनकक्षमा उपचार भइरहेको छ । 
मिर्गौलारोगबाट पीडित ८१ वर्षीय भिक्षु अग्गमहापण्डितलाई उपचारका लागि दुई साताअघि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो  । डायलसिस गराउँदै आउनुभएका उहाँलाई चार दिनदेखि सघनकक्षमा राखिएको भिक्षु निग्रोधले जानकारी दिनुभयो । “स्वास्थ्य अवस्था स्थिर छ”, उहाँले भन्नुभयो । भिक्षु अग्गमहापण्डितको उपचारमा चिकित्सकद्वय डा ऋषि काफ्ले र डा विक्रम शाक्य खटिनुभएको छ । 
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार अस्पताल पुगी भिक्षु अग्गमहापण्डितको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । त्यसअघि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिइ उपचारमा नेपाल सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको थियो । यस्तै नेपालस्थित थाइल्याण्ड र श्रीलङ्काका राजदूतले समेत भिक्षु अग्गमहापण्डितको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 
 
भिक्षु अग्गमहापण्डितले बुद्धधर्मबारे ६० वटा किताब लेख्नुभएको छ । उहाँ धर्मोदय महासभाको पूर्वअध्यक्षसमेत रहिसक्नुभएको छ । उहाँले थाइल्याण्डको महाचुलालोङ्कर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गर्नुभएको छ । उहाँ थेरवाद बुद्धधर्मको सातौँ सङ्घनायकसमेत हुनुहुन्छ । उहाँको स्वास्थ्यलाभको कामना गर्दै देशभरका झण्डै ३०० बौद्ध विहारमा पूजापाठ गरिँदै आएको भिक्षु निग्रोधले बताउनुभयो ।   


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video