शिक्षा /स्वास्थ्य
May 14, 2020
सात वर्षीय बालकसहित तीन जनामा सङ्क्रमण
काठमाण्डौं । जेष्ठ १ । कोभिड–१९ को सङ्क्रमण आज तीन जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ तीन जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।  

संक्रमितहरुमा काठमाडौँ दहचोक निवासी सात वर्षीय बालक, धनुषाको जनकपुर उपमहानगरपालिका निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिला रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या २४९ पुगेको छ । यसअघि आज बिहान दुई जनामा सङ्क्रमण देखिएको थियो । आज मात्र पाँच जना नयाँ सङ्क्रमित भेटिएका हुन । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार दुवै सङ्क्रमित व्यक्तिको अवस्था सामान्य रहेको र तीनै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुभएको छ । 

 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video