केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
शिक्षा /स्वास्थ्य
May 15, 2020
तीन बालकसहित थप नौ जनामा सङ्क्रमण
काठमाण्डौं । जेष्ठ २ । कोभिड–१९ को सङ्क्रमण आज फेरि नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका क्रममा नयाँ नौ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । 

नयाँ सङ्क्रमितमा पर्साका चार जना, उदयपुरका एक जना, दाङका तीन जना र काठमाडौँका एक जनामा सङ्क्रमण देखिएको हो । तीमध्ये तीन जना बालक, दुई महिला र चार पुरुष रहेका छन् । 

उहाँका अनुसार पर्सा वीरगञ्ज महानगरपालिकाका नौ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला रहेका छन् । यसैगरी उदयपुरको त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा गाउँपालिका वडा नंंं ४ र ५ का २३ र ३६ वर्षीय पुरुष तथा तुलसीपुर उपमहानगरपालिकाका ३४ वर्षीय पुरुष रहेका छन् । 
 
यसैगरी नयाँ देखिएका सङ्क्रमिमध्ये काठमाडौँ सतुगङ्लका सात वर्षीय बालकसमेत रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । यसअघि आज नै आठ जना बाँके र एक जना मकवानपुर गरी नौ जनामा देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video