मिति २०७७ साल जेष्ठ २३ गते शुक्रबार, जुन ५ तारीख हेरौं राशिफल  |  नेपालीलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा  |  निकाद्धारा शैक्षिक परामर्श व्यवसायीलाई अति प्रभावित क्षेत्रमा सुचिकृत गरी सुहलियत ऋण वा पुनरकर्जाको सुविधा दिन माग  |  ‘अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि’  |  थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने  |  बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष  |  बन्दाबन्दी खुकुलो पारेर आर्थिक चलयमान गर्नुपर्ने सुझाव  |  राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने  |  बन्दाबन्दीले राजश्व सङ्कलन प्रभावित  |  मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द गरिने
शिक्षा /स्वास्थ्य
May 16, 2020
आरडिटी पोजेटिभ देखिएका तीनको पिसिआर नेगेटिभ
काठमाण्डौं । जेष्ठ ३ । नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट प्रवेश गरेका  आरडिटी पर पोजेटिभ देखिएका तीन जनाको पिसिआर परीक्षण नेगेटिभ आएको छ ।  शुक्रबार दिउँसो गरिएको आरडिटीमा पोजेटिभ देखिएका तीनै जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा परीक्षण हुँदा गए राति रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवम् कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालगञ्ज जमुनाह नाका भएर नेपाल आएका ४६६ जनाको आरटिडी  गरिएको थियो । सो क्रममा तीन जनाको पोजेटिभ देखिएपछि उनीहरुलाई नेपालगञ्जमै आइसोलेशनमा राखेर अन्य नेगेटिभ देखिएकालाई सम्बन्धित जिल्ला र गाउँपालिकाको समन्वयमा सम्बन्धित क्षेत्रमा पठाइएको छ । आरडिटी पोजेटिभ देखिएका सुर्खेत, कालीकोट र नुवाकोट जिल्लाका तीन जनालाई शुक्रबार नेपालगञ्ज खजुरारोडस्थित लायन्स डेन्टल अस्पतालमा निर्माण गरिएको आइसोलेशन केन्द्रमा राखिएको छ । पिसिआर रिपोर्ट नेगेटिभ आएकाले सबन्धित जिल्लामा समन्वय गरेर उनीहरुलाई पनि जिल्ला पठाइने श्रेष्ठले बताउनुभयो । 
सीमावर्ती भारतीय शहरमा रहेको क्वारेन्टाइनमा रहेका नेपालीलाई बिहीबार राति नेपालगञ्ज ल्याइएको हो । नेपाल प्रवेश गरेका ६८७ नेपालीमध्ये बाँके र बर्दियाका २२१ जनालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको आजदेखि आरडिटी गरिने भएको  छ । 
रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकामा कोरोना भाइरस महामारी फैलिएपछि घर फर्कँदा सीमा क्षेत्रमा अलपत्र परेका तथा नानपाराका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका नेपालीलाई बाँके प्रशासन र भारतीय बहराइच जिल्ला प्रशासनबीच समन्वय गरी बिहीवार राति नेपाल प्रवेश गराइएको हो । सीमा नाका आसपास अलपत्र परेका दुवै देशका नागरिकलाई उद्धार गरेर आआफ्ना देशमा जान दिने सहमतिअनुसार भारतबाट ६८७ नेपाल आएका थिए भने नेपालबाट करीब एक हजार चार सय  भारतीयलाई भारत पठाइएको थियो । 
११ को पिसिआर नेगेटिभ
प्युठान– ¥यापिड डाइगोनोष्टिक टेष्ट(आरडिटी) गर्दा एन्टीबडी पोजेटिभ देखिएका ११ जनाको स्वाब परीक्षण (पिसिआर) नेगेटिभ आएको छ ।  प्युठान नगरपालिकाका गुरीगाउँ, धगे र बुढादेवीको क्वारेन्टाइनमा रहेका आठ पुरुष र तीन महिलामा आरडिटी पोजेटिभ देखिएपछि उनीहरुसहितको स्वाब सङ्कलन गरिएको थियो । क्वारेन्टाइनमा रहेका २८ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुुभयो । बिहीबार १७ जना र शुक्रबार ११ जनाको नेगेटिभ रिपोर्ट आएको जनाइएको छ ।  
जिल्लामा हालसम्म ९९ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएकामा ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने आठ जनाको आउन बाँकी  छ । आठ जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बुधबार स्वाब पठाइएको छ । त्यसैगरी आरडिटी रिपोर्ट पोजेटिभ देखिएका १३ जना सबैको पिसिआर रिपार्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video