धर्म/संस्कृति
May 17, 2020
मिति २०७७ साल जेष्ठ ४ गते आइतबार, मे १७ तारीख हेरौं राशिफल
काठमाण्डौं । आज मिति २०७६ साल जेष्ठ ४ गते आइतबार । तदनुसार मे १७ तारीख । नेपाल संवत ११४० बछलाथ्व ।

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बोलीको भरमा कार्य सम्पादन हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दिगो योजनाका लागि दौडधुप गर्नुपर्नेछ। खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । 

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ ।सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
भाग्यले मिहिनेतको प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो योजना प्रारम्भ हुनेछ।  आजको दिन मध्यम खालको छ । बिहान अरूका काममा जुट्नुपरे पनि पछि विभिन्न अवसरले पछ्याउनेछन् । सरसापटमा पनि धन बाहिरिनेछ। 
 
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। घरायसी विवादपनि बढ्नेछ । अरुको भलाइका लागि अनावस्यक दौडधूप गर्नु पर्नेछ ।  आज स्वास्थ्यमा धन खर्च हुनेछ । खर्चको मात्रा बढ्नेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि केही संघर्ष गर्नुपर्ने छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सहयोगीहरूको साथ प्राप्त हुनेछ। आज शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । व्यावसायिक कामले रमाइलो यात्रा गराउन सक्छ। 

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ ।आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला ।प्रतिस्पर्धामा उत्रनुपरे पनि व्यापार व्यवसायबाट फाइदा हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। 
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। समाजबाट मान सम्मान मिल्नेछ । पारिवारिक सुखपनि मिल्नेछ । सेतो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ । अध्ययनमा पछि परिने भयले सताउनेछ। तापनि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। आजको दिन रोकिएको पैसा हातलाग्ला । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ । पारिवारिक जमघटपनि हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। लगनशीलताले दिगो फाइदा दिलाउन सक्छ। 

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। आँटेको काममा सफलता पाइनेछ। आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलतापनि मिल्नेछ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ। 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा आत्मसम्मानका लागि मौन रहनुपर्ला। 

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ । शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। बिहानै खर्चिलो समय देखिएकाले बिस्तारै नयाँ काम गर्न शुभ हुनेछ। 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video