प्रमुख समाचार
May 17, 2020
कोरोनाबाट मृत्यु भएकी महिला बस्दै आएको गोंगबु स्थीत कोठा आसपासमा सिल, घरबेटी सहितको स्वास्थ्य परिक्षण हुंदै
रबिन थपलिया । काठमाण्डौं । जेष्ठ ४ । कोरोनाको कारण ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिला काठमाण्डौंको गोंगबुमा डेरा गरी बस्दै आएको खुलासा भएपछी स्थानीय प्रशासनले त्यस क्षेत्रमा सिल गरेको छ ।
टोखा नगरपालीका ९ बिजी महलको अगाडी सय मिटर भित्र रहेको कुलान्त मार्गको दुवै पटी गएराती देखि नगरपालीकाको अनुरोधमा प्रहरीले सिल गरेको सोहि वडाका अध्यक्ष जोग प्रसाद नेपालले जानकारी दिनुभयो । जस अनुसार कुलान्त मार्गको काभ्रे डेरीदेखि अरुण डेरीसम्मको बाटोमा पर्ने त्यस क्षेत्र शिल गरीएको हो ।
वडा अध्यक्ष नेपालका अनुसार मृतक महिला लामो समय देखि कुलान्त मार्गको अरुण डेरी छेउको ४ तले घरको भुई तलामा बस्दै आएकी थिइन् । चार तले उक्त घरको दुई फ्ल्याटमा घरबेटी र दुईवटा फ्ल्याटमा भाडावाल बस्दै आएका छन् । कोरोनाको कारण महिलाको मृत्यु भएपछि त्यस आसपासको क्षेत्रमा त्रास फैलिएको छ । 
कुलान्त मार्गका दुर्वै पटी सिल गरेर मानिस प्रवेशलाई पुर्ण बन्देज गरिएको छ । गएराती देखिनै सिल गरिएको उक्त घर आसपासको क्षेत्र तथा मृतक महिलाको परिवारसंग सम्पर्कमा रहेका १४ जनाको आज स्वास्थ्य परिक्षणको तयारी गरिएको छ । केहि बेरपछि स्वास्थ्य मन्त्रालयको टोली र टोखा नगरपालीकाको स्वास्थ्य बिभागका टोली सो क्षेत्रमा पुगेर उनिहरुको नमुना लिने तयारी गरिएको टोखा नगरपालीकाका मेयर प्रकाश अधिकारीले  जानकारी दिनुभयो । महिला बस्ने घरको घरबेटी सहित ९ जना र महिलालाई टिचिङ अस्पताल सम्म लैजान सहयोग गर्ने व्यक्तिको परिवारका ५ जना गरी १४ जनाको स्वास्थ्य परिक्षणको तयारी गरिएको हो ।
महिलाको सोही घर नजिकै तरकारी पसल पनि रहेको थियो । सुत्केरी हुने दिन नजिकींदै गर्दा उनले तरकारी पसल भने बिक्री गरेकी थिईन् । मृत महिला सोहि घरबाट बैशाख २१ गते नियमीत चेकजाँचको लागि टिचीङ गएको र साँझ डेरामा र्फकिएकी थिइन् । २३ गते सुत्केरी हुने व्यथा लागेपछि उनलाई टिचिङ अस्पताल भर्ना गरिएको थियो । भोलीपल्ट बैशाख २४ गते बिहान ५ बजे नर्मल डेलीभरी गरेर ति महिलाले स्वस्थ्य बालक समेत जन्माएकी थिइन् । 
श्रीमतीलाई अस्पताल भर्ना गरिएपछि उनका श्रीमानले बैशाख २४ गते देखि दुई दिन नजिकैका पसलहरुबाट खाध्यान्न, दुध, फलफुल र तरकारी लगायतका सामान खरीद गरेका थिए ।
सुत्केरी महिलाको अवस्था सामान्य भएपछि बैशाख २६ गते डिस्चार्ज गरेर बाह्रबीसे लगिएको थियो । घर पुगेको केहि दिनमानै बैशाख ३० गते उनि बिमारी भएकी थिइन् । अचानक समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गरिएको थियो । सुत्केरी महिलाको स्वास्थ्य जटिल भएपछि जेष्ठ १ गते बिहिबार धुलीखेल अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको केहि बेरमानै धुलीखेल अस्पतालले ति महिलाको मृत्यु भएको घोषणा गरेको थियो । 
मृतक महिलाको ११ बर्षीय छोरा र श्रीमान रहेका छन् । श्रीमान काठमाण्डौंको लाजिम्पाट स्थीत एक होटलमा सुरक्षागार्डको रुपमा कार्यरत रहेका छन् । मृतक महिलालाई कसरी कोरोना स¥यो भन्ने बिषय अझै अन्योलमा रहेको छ । महिलाका श्रीमान होटलमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेकाले श्रीमान मार्फत वा टिचिङ अस्पतालबाट कोरोना संक्रमण भएको भन्ने बारेमा थाहा हुन सकेको छैन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video