प्रमुख समाचार
May 17, 2020
नागढुंगामा स्वास्थ्यकर्मीलाई दुव्यवहार गर्ने युवक पक्राउ, युवक पत्रकार नभएको खुलासा
काठमाण्डौं । जेष्ठ ४ । नागढुंगामा स्वाथ्यकर्मीको गाडी रोकी खानतलासी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालीका ७ बस्ने उत्तम कार्की रहेका छन् । 
कार्कीलाई आज दिँउसा पौने १ बजे उनकै निवासबाट पक्राउ गरिएको काठमाण्डौं प्रहरी प्रमुख श्याम ज्ञवालीले बताउनुभयो । कार्कीलाई प्रहरी परिसर काठमाण्डौंमा राखि अनुसन्धान भइरहेको छ । अनुसन्धान पछि उनी बिरुद्ध मुद्धा दायर हुने प्रहरी प्रमुख ज्ञवालीले बताउनुभयो । ज्ञवालीका अनुसार कार्की कुनै पनि सञ्चारमाध्यममा संलग्न छैनन् । 
जेष्ठ २ गते नागढुंगाबाट हेटौडा तर्फ जान लागेको प्रदेश ३ ००१२ झ ४९५३ नम्बरको गाडी रोकेर गाडीमा सवार जनस्वास्थ्य प्रयोगशाला बाग्मतीका निमित्त निर्देशक नारायण बहादुर कार्कीलाई दुव्यवहार गरेका थिए । आफु पत्रकार रहेको बताँउदै कार्की सहितको युवाहरुको समुहले स्वास्थ्यकर्मीको गाडी रोकेर झोला समेत खानतलासी गरेका थिए । ति खानतलासी गदै गरेको ८ मिनेटको फेसबुक लाईभको सर्वत्र बिरोध भएको थियो । कोरोनाको संक्रमणको समयमा फिल्डमा खटीएको स्वास्थ्यकर्मीमाथी र्दुव्यवहार भएको भन्दै स्वास्थ्यकर्मी आबद्ध बिभिन्न संस्थाले कारबाहीको माग गरेका थिए । 
स्वास्थ्यकर्मी माथी दुव्यबहार भएको भिडियोको बारेमा चौतर्फी बिरोध र दबाब पछि प्रहरीले भिडियो खिचेर लाईभ गर्ने कार्कीलाई आज पक्राउ गरेको हो । 
स्वास्थ्यकर्मी मार्थी भएको व्यवहारको सर्वत्र बिरोध भएपछि युवक उत्तम कार्कीले राजधानी कोरोनाको उच्च जोखिम बढदै गइरहेको भन्दै अवैध रुपमा काठमाण्डौं प्रवेश गर्नेहरुलाई रोक्न सचेत नागरीकको हिसाबले अभियान गरिएको दाबी गरे । उनले भनेका छन् “स्वास्थ्य कर्मीलाई दुव्यवहार गर्ने मेरो कुनै गलत मनसाय होइन, म उहाँहरु प्रति सम्मान प्रकट गर्दछु, मेरो इन्टेन्सन काठमाण्डौंमा अबैध प्रवेश गर्नेलाई रोक्ने मात्र हो” 
फेसबुक मार्फत गल्ती स्वीकार गदै उनले आफुले दिन खोजेको सन्देशलाई बंग्याएर अरु कसैले भिडियोलाई भाइरल बनाएको बताए । 
पक्राउ परेका कार्कीलाई कस्तो कारबाही हुन सक्छ ?
३०१. अरुको शरीर खानतलासी गर्न नहुनेः (१) कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निजको आदेश वा सुरक्षाको प्रयोजनका लागि खटिएको व्यक्तिले अधिकार प्राप्त अधिकारीको अनुमतिले बाहेक कसैले सम्बन्धित व्यक्तिको स्वीकृति विना अरुको शरीर, सवारी साधन वा निजी प्रयोगका वस्तुहरुको खानतलासी गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video