मिति २०७७ साल जेष्ठ २३ गते शुक्रबार, जुन ५ तारीख हेरौं राशिफल  |  नेपालीलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा  |  निकाद्धारा शैक्षिक परामर्श व्यवसायीलाई अति प्रभावित क्षेत्रमा सुचिकृत गरी सुहलियत ऋण वा पुनरकर्जाको सुविधा दिन माग  |  ‘अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि’  |  थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने  |  बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष  |  बन्दाबन्दी खुकुलो पारेर आर्थिक चलयमान गर्नुपर्ने सुझाव  |  राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने  |  बन्दाबन्दीले राजश्व सङ्कलन प्रभावित  |  मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द गरिने
शिक्षा /स्वास्थ्य
May 17, 2020
दुई बालकमा भेटियो कालाजार
काठमाण्डौं । जेष्ठ ४ । बाजुरामा थप दुई बालकमा कालाजारको बिरामी भेटिएको छ । पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–३ जैलुका ५४ महिने महेन्द्र बोहरा र जगन्नथा गाउँपालिका–२ आसबाडाका २० महिने बालक विपना नाथ रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा राजुराज जैसीले जानकारी दिनुभयो । उत्तरी भेगमा कालाजारका बिरामीका सङ्ख्या चार पुगेको छ । 

उपचारका लागि कोल्टी ल्याइएका महेन्द्र र विपनालाई प्रयोगशाला परीक्षणबाट कालाजार भेटिएको बूढीनन्दा नगरपालिका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताउनुभयो । सो क्षेत्रमा केही दिनअघि मात्र जगन्नाथ गाउँपालिका–५ का १७ महिनाका देवेन्द्र बुढामा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जाँच गर्दा कालाजार देखापरेको थियो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा यसको उपचार नहुने भएकाले धनगढी, नेपालगञ्ज, सुर्खेत लैजानुपर्ने बाध्यता छ । 
कालाजार रोग तराई जिल्लामा मात्र देखापर्ने रोग हो । पछिल्लो समयमा पहाडतिर पनि देखापर्ने थालेको छ । यो रोग भुसिनाको टोकाइबाट हुने र भुसिनाको टोकाइबाट सर्ने रोग हो । यो रोगको लक्षण ज्वरो आउने, तौल घट्ने, कलेजो र फियोमा असर पार्ने तथा अन्य सङ्क्रमण फैलिएर मृत्यु हन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

कोल्टी क्षेत्रमा गतवर्र्ष कालाजारबाट एक बालिकाको मृत्यु भएको थियो । स्वामीकार्तिक गाउँपालिका–५ जेरा बस्ने १३ वर्षीया भाग्य शाहीको उपचारका क्रममा काठमाडौँको कान्ति बाल अस्पतालमा मृत्यु भएको थियो । पूर्वी उत्तरी भेगका थप दुईजना कालाजारका बिरामी भेटिएका थिए । स्वामीकार्तिक गाउँपालिका–५ जेरा बस्ने ११ वर्षीया कञ्चना शाही र सोही गाउँपालिका–२ साप्पाटाकी तीन वर्षीया करिश्मा भण्डारीलाई यो रोग देखापरेको थियो ।

सात जनाको स्वाब परीक्षणका लागि धनगढी पठाइयो 

जिल्लामा भारतबाट आएका सातजनाको स्वाब परीक्षणका लागि आइतबार धनगढी पठाइएको छ । क्वारेन्टाइनमा बसेर होम क्वारेन्टाइनमा बसेका चार र कोरना भाइरसको आशङ्का गरिएका तीनजना गरी सातजनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी पठाइएको स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो । 

गौमूल गाउँपालिका र बडीमालिका नगरपालिकाका रहेका सातजनाको आइतबार स्वाब सङ्कलन गरी पठाएको हो । उनीहरुको स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी पठाइएको भएपनि कोरना भए÷नभएको रिपोर्ट आएपछि मात्र थाहा हुने जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो । स्वाब सङ्कलन भएका चारजनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने तीनजनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको अस्पताल प्रमुख विश्वकर्माले बताउनुभयो । 

तीनजना आइसोलेशमा भर्ना 

जिल्ला अस्पताल बाजुराले निर्माण गरेको आइसोलेशनमा बस्नेको सङ्ख्या तीन पुगेको छ । शनिबार बूढीगङ्गा नगरपालिकाका २० वर्षीय युवकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले आइसोलेशनमा भर्ना गरिएका हुन् । आइतबार गौमूल गाउँपालिकाका ३० वर्षीय युवक र ६० वर्षीय वृद्धमा पनि कोरोनासँगको लक्षण मिल्दोजुल्दो भएकाले आइसोलेशनमा भर्ना गरिएको डा विश्वकर्माले बताउनुभयो । 

कोरनाको आशङ्का गरिएका तीनै जनाको आरटिपिसिआर चेकजाँच र उपचारका लागि आइसोलेशन कक्षमा भर्ना गरिएको जिल्ला अस्पताल बाजुराका स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो । तीनैजना पुरुषलाई रुघाखोकी र ज्वरो आउने समस्या भएकाले थप उपचारका लागि आइसोलेशनमा राखिएको डा विश्वकर्माले बताए । आशङ्का गरिएका दुवै जनाको औषधि उपचार शुरु भइसकेको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video