सेना/ प्रहरी/ शशस्त्र समाचार
May 19, 2020
मृगको अवैध शिकार गर्ने दुई पक्राउ
काठमाण्डौं । जेष्ठ ६ । मृगको अबैध चोरी शिकारमा संलग्न दुई जना पक्राउ परेका छन् । प्रहरीले बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका–३ बाट विद्यालय तोडफोड गर्ने पूर्वशिक्षकसहित दुई र गलकोट नगरपालिका–४ बाट मृग मारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो ।
 
 स्थानीय जङ्गलमा संरक्षित मृग मारेर खाँदै गरेको अवस्थामा गलकोट नगरपालिका–४ का ५९ वर्षीय बेलराम सुवेदी र सोही ठाउँका ३० वर्षीय ओमबहादर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट मृगको पकाएको मासु, काँचो मासु र हड्डीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले बताउनुभयो । सुराकीको आधारमा हटिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सुवेदी र खड्कालाई नियन्त्रणमा लिएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको र कानूनबमोजिम कारवाहीका लागि मुद्दा चलाइने केसीले बताउनुभयो । लकडाउनको समयमा संरक्षित जङ्गली जनावरको सिकार गर्नेहरु सक्रिय भएको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video